राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन यस्ता एक्स्पोले सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण …