राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद... The post राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता appeared first on Purbeli News.

सम्बन्धित सामग्री

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने

दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने भएकी छन्।हुने टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा आउने छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकी सदस्यहरूसँग साक्षात्कार गर्न उनी दोलखा आउन लागेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिए।प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनि

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउँदै, औद्योगिक प्रदर्शनीको उद्घाटन गर्ने

बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउने भएकी छिन्। रूपन्देही उद्योग संघको आयोजनामा आजदेखि सुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल आउन लागेकी हुन्। भण्डारीले आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने…

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथमा (लाइभ)

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुगेकी छिन् । शुक्रबार बिहान उनी त्यहाँ पुगेकी हुन् । ...

राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।

अस्वस्थ भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन । आज बिहान एक्कासी अस्वस्थ भए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन्।स्वास्थ्य परिक्षणको लागि उनी शिक्षण अस्पताल पुगेको  उनका स्वकिय सचिव भेषराज अधिकारीले बताए। ‘रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य अवस्था जाँच गर्न अस्पताल पुग्नुभएको हो, भाइरल हुनसक्छ । रिपोर्ट आउन बाँकी छ', अधिकारीले भने। अहिले राष्ट्रपछि भण्डारी रिपोर्टको पर्खाइमा रहेको समेत उनले बताए।  यता अस्पताल स्रोतका अनुसार ह

राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छिन् । हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि उनी आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । राष्ट्रपति भण्डारीको सचिवालयले जनाएअनुसार उनलाई अहिले रुघा खोकी र ज्वरो आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किनु भएको छ । मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ । जसमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी भएका छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताउनुभयो । यस्तै उर्जा व्यापारको लागि द्धिपक्षीय सहकार्यलाई अघि बढाउने, द्धिपक्षीय व्यापारको प्रबद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरुको विकासको लागि दुवै देशको सम्भावत्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने विषयहरुमा छलफल भएको पनि बताउनुभयो । नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापार वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवं अन्तरदेशीय जलमार्गको सञ्चालन जस्ता सम्पर्क सञ्जालहरुको विकास गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार ढाका प्रस्थान गर्नुभएको थियो ।