धनुषा – कर्मचारीहरुको आन्दोलनका कारण धनुषाको नगराइन नगरपालिकाको कामकाज विगत ५ दिनदेखि ठप्प भएको छ । कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ । साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा ओर्लेका हुन् ।
नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आब...