रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ। विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन। डाक्टर वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो।