बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।  गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् क

सम्बन्धित सामग्री

काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि, बैंकिङ सेवा ठप्प

निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन।

अफगानिस्तानमा बैंकिङ सेवा ठप्प भएपछि...

एजेन्सी । अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।

काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि, बैंकिङ सेवा ठप्प

निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन।

बढ्दो मूल्य र बैंकिङ सेवा ठप्प हुँदा काबुलबासी थप अप्ठ्यारो झेल्दै

अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।     गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।    खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि

निषेधाज्ञाका कारण बैंकहरूमा सेवाग्राहीको चाप घट्यो

वैशाख २३, चितवन । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण चितवनका बैंकहरूमा सेवाग्राहीको चाप घट्दै गएको छ । अधिकांश आर्थिक गतिविधि र मानिसको चहलपहल कम हुँदै गएपछि बैंकहरूमा निक्षेप गर्नेभन्दा झिक्नेको संख्या बढ्दै गएको छ ।  महामारीका कारण हाल बैंकमा जाने सेवाग्राहीमध्ये निक्षेप भन्दा पैसा निकाल्नेको संख्या बढ्दै गएको हो । जिल्लामा हाल कोरोनाको कारण बैंकमा कम जनशक्ति र सेवा अवधिको समय पनि घटाइएकोले कारोबारमा ह्रास आएको बैंकर्सहरु बताउंँछन् ।  भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोक स्थित कृषि विकास बैंकका शाखा प्रबन्धक हरि अधिकारी बैंकमा आउने सेवाग्राहीको संख्यानै दिनहुंँ घट्दै गइरहेको बताउंँछन । ‘अहिले महामारीले पनि विकराल रूप लिएको छ । प्रशासनले पनि कडाइ गरेको छ,’ उनले भने, ‘निक्षेपभन्दा पनि बढी निकाल्ने नै बढी आएका छन् ।’ उनका अनुसार यसअघि एउटै शाखाबाट डेढसयको हाराहारीमा सेवाग्राहीको काम गरिए पनि यो संख्या घटेर आधाभन्दा कम भएको छ । निषेधाज्ञा र कोरोनाको प्रभाव बढ्दै जांँदा अत्यावश्यकका सेवा बाहेक अन्य सेवा ठप्प छन् । निशेधाज्ञा कति लम्बिने हो र अनिश्चित हुने अन्यौल हुंँदा आफ्नो सुरक्षाको लागि पनि जम्मा भएको पैसा निकाल्ने गरेका हुन् ।  वाणिज्य बैंकको चितवनका सबै शाखामध्ये बढी चाप हुने भरतपुरको चौविसकोठी स्थित शाखा पनि सुनसान जस्तै देखिन्छ । ‘अहिले व्यक्ति र नीजि कम्पनीका सेवाग्राही कत्तिपनि छैनन भने हुन्छ,’ शाखा प्रबन्धक सन्तोष सोतीले भने, ‘अहिले सरकारी कार्यालयका राजस्व मात्र जम्मा भइरहेका छन् ।’ निषेधाज्ञा भएपछि भने सेवाग्राही चापसंँगै निक्षेप गर्नेको संख्यामा धेरैनै कमी आएको तर पैसा झिक्ने र एटीएममा भने बढी चाप बढेको उनले बताए । ‘चेक साट्ने, एटीएमबाट पैसा निकाल्ने बढी छ,’ उनले भने, ‘पहिले यस अघि ४, ५ दिनको अन्तरमा एउटा एटीएममा २५ लाख हाल्थ्यौं । अहिले दुईदिनमै हाल्नुपर्छ ।’  उनका अनुसार गतबर्षको निशेधाज्ञामा भन्दा अहिले गरिएको निशेधाज्ञामा सेवाग्राहीको संख्या कमी आएको र बैंकिङ सेवा अवधि पनि घटाइएको कारण निक्षेप र बचतमा असर परेको हो ।  देशमा ठूला ठूला विकास निर्माणका काम तथा अन्य धेरै आर्थिक गतिविधि नभएपनि खाद्यान्न तथा औषधिजन्य बस्तुको सेवाको भने कारोबारमा असर परेको छैन । अन्य उद्योगी व्यवसायीको कारोबारमा कमी आएर बचत तथा निक्षेपको परिमाणमा घटबढ भए पनि कतिपय बैंकहरु लक्षित सेवाग्राहीका कारण दैनिक कारोबारमा खासै असर परेको छैन । लक्ष्मी बैंक, नारायणगढ शाखाका पुरुषोत्तम पुडासैनी अन्य शाखामा निक्षेप गर्ने सेवाग्राही घटेपनि नारायणगढ शाखामा भने झिक्नेको तुलनामा निक्षेप गर्ने पनि उत्तिकै रहेको बताउंँछन् । ‘हाम्रो यो शाखामा अन्य बैंक र यसको शाखा भन्दा ठ्याक्कै फरक छ । हाम्रोमा अधिकांश दैनिक उपभोग्य र खाद्यवस्तुको काराबार गर्ने ग्राहक हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले निक्षेपमा कमी आएको छैन । अन्य शाखामा भने निषेधाज्ञा भएपछि नगदको अभाव भएको छ ।’ अघिल्लो  निषेधाज्ञामा अधिकांश ग्राहकले डिजिटल प्रविधि तथा अनलाइन भुक्तानी बाट कारोबार गर्ने गरेकोले बैंकमा आउने ग्राहकको उपस्थिति कम भएपनि कारोबारमा भने खासै गिरावट  नआएको उनको भनाइ छ । ‘मेरो शाखामा भन्नुपर्दा निशेधाज्ञामा भन्दा अहिले पनि कारोबार उस्ताउस्तै हो । तर मान्छेको चाप भने घटेकै हो,’ उनले भने ।