हाजिर गरेपछि बैठक छाडेर ‘टाप कस्छन्' सांसद, तस्वीरहरू

काठमाडौं : प्रतिनिधिसभाको बैठक बसेको छ। संसद् बैठकमा सांसदहरू उपस्थित नहुने र भए पनि बैठक नसकिँदै बाहिरिने परम्परा नै बनिसकेको छ। संसद बैठकमा विधेयक पास गर्न खोज्दा गणपुरक संख्या पनि नपुगेका इतिहास ताजै छन्। आजको प्रतिनिधिसभा बैठकमा पनि त्यस्तै दृश्य देखियो। बैठकमा शीर्ष नेताहरू उपस्थित नै भएनन् भने गएका सांसदहरू पनि पूरा समय बसेनन्।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा अ‍ोली लगायतका शीर्ष नेताहरू आजको बै

सम्बन्धित सामग्री

सांसदले बंक गर्न थाले, बैठकपछि हाजिरी गर्ने व्यवस्था गरियोस्ः हरि ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा उनले सांसदहरूमा हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढेकाले बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन सभामुखसमक्ष आग्रह गरेका हुन्।जारी अधिवेशनमा विधेयक ल्याउँद दुई–दुई पटकसम्म गणपूरक संख्या नपुगेको बताउँदै सांसदहरूको यस्तो प्रवृत्तिले बाहिर नराम्रो सन्देश जाने उनको भनाई थियो।

प्रतिनिधिसभामा हाजिर गरेर टाप कस्छन् सांसद

कानुन निर्माणमा शून्य प्रगति रहेको प्रतिनिधिसभामा सांसदहरू हाजिर गरेर टाप कस्ने गरेका छन् । २५ पुसबाट सुरु भएको हिउँदे अधिवेशनमा बुधबारसम्म २२ वटा बैठक बस्दा दुइटा बैठक कोरम नपुगेर स्थगित भएका...

१६७ सांसदको हाजिर, बैठकमा ६१ जनामात्रै

२९ चैत, काठमाडौं । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख र उपसभामुखसहित १६७ जना प्रतिनिधि सभा सदस्यले हाजिर गरेका छन् । तर, प्रतिनिधिसभा बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा जम्मा ६१ जनामात्र भेटिए । गणपूरक संख्या नपुगेका कारण प्रतिनिधि सभाले बुधबारको बैठक अगाडि तय गरेको दुवै कार्यसूची अर्को बैठकका […]

हाजिर गर्दै निस्किए सांसद, कोरम नपुगेर संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९

संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढेपछि सभामुख असन्तुष्ट

पछिल्लो समय संसदमा हाजिर गरेर सांसदरु बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ। आइतबार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदरुको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो।...

हाजिर गरेर सांसदहरू हिँडे, प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित

काठमाण्डाै – सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक पर्सि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो ।  सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उहाँले कर्मचारीलाई गणना गर्न लगाउनुभएको थियो । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । स...

सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थितिको अभावमा स्थगित भएको छ । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

हाजिर गरेर सांसद बाहिरिँदा प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सांसदहरू हाजिर गरेर बाहिरिँदा स्थगित हुन पुगेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या ६९ नपुगेको हो ।

सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभा बैठक प्रभावित

काठमाण्डाै – सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको गणना गर्दा गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो । धेरैजसो सांसदले विधेयकको विषयमा आफ्ना कुरा राखेपछि बैठक स्थलबाट बाहिरिएका थिए । केही सांसद भने हाजिर गरेर हिँडेका संसद् सचिवालयले जनाएको छ । विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या न...

मर्स्याङ्दी गाउँपालिका : शिक्षकहरूलाई विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन

लमजुङ : जिल्लाको  मर्स्याङ्दी गाउँपालिकाले विद्यालयमा शिक्षकहरूलाई अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ। गाउँपालिका शिक्षा शाखाले आगामी आइतबारदेखि विद्यालयमा शिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने  निर्देशन दिएको हो।गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा प्रअहरूबीच बैठक बसी शिक्षकहरुको अनिवार्य आजिर हुन र  विद्यालयको आन्तरिक शैक्षिक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको हो।कोभिड १९ को संक्रमण जोखिम कायम भएकाले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्च