सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थितिको अभावमा स्थगित भएको छ । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

हाजिर गरेर सांसद बाहिरिँदा प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सांसदहरू हाजिर गरेर बाहिरिँदा स्थगित हुन पुगेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या ६९ नपुगेको हो ।

गैरजिम्मेवार सांसद: हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूको गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा कारागारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सांसद नपुगेका हुन् ।