एमाले र परिवार दलबीच चुनावी तालमेलको सहमति

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल परिवार दलबीच सहमति भएको छ। स्थानीय तहको निर्वाचनमा दुई दलबीच ५ बुँदे सहमति भएको हो। सहमतिमा नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन्। देशभरिका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सहयोग गर्ने सहमति बनेको छ। एमाले र नेपाल परिवार दलका जिल्ला

सम्बन्धित सामग्री

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

परिवार दल र एमालेबिच चुनावी तालमेलका बारेमा दर्जन बढी जिल्लामा छलफल

काठमाडौं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुंगो लगाउन छलफल भएको परिवार दलले जनएको छ ।

चुनावी तालमेलको तयारीमा एमाले र परिवार दल

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । २०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग […]