आफूलाई निलम्बन गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालत पुगे गभर्नर अधिकारी

काठमाडौँ- सरकारले केही दिनअघि निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त निर्णयबिरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन्। सरकारले उनलाई गत चैत २५ गते निलम्बन गरेको थियो। उनी आफैँ उक्त निर्णयबिरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अधिकारीको निवेदन अध्ययनकै क्रममा रहेको जानकारी देशसञ्चारलाई गराए। उनले आफूमाथि गरिएको कारबाही […]

सम्बन्धित सामग्री

गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

वैशाख १३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । मंगलवार भएको सुनुवाईमा अदालतले गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दामा राखेको हो । सरकारीका तर्फबाट जवाफ दिन समय नपुगेकाले रिट अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको हो । गभर्नर अधिकारीको पक्षबाट कानून व्यवसायी नरेन्द्र गौतम र सुरेन्द्र थापाले बहस गरेका थिए । उनीहरूले गभर्नरको कार्यकाल निश्चित भएकाले हटाउन नमिल्ने बताएका थिए । अव अर्को सुनुवाई बिहीवार हुने स्रोतले बताएको छ । अव दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/ नदिने निर्णय गर्नेछ ।  गभर्नर अधिकारी र उनलाई निलम्बन गर्ने सरकारी पक्ष दुवै सर्वोच्च अदालत गएका थिए । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । अदालतले यसअघि दुवै पक्षलाई विस्तृत छलफलको लागि बोलाउँदै गभर्नर अधिकारीलाई काममा नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर नैतिक संकटमा पर्नेछन् भने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ । गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए।

गभर्नर निलम्बनसम्बन्धी रिटमा आज छलफल, अन्तरिम आदेशबारे टुङ्गो लाग्ने

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी छानबिन थालेको सरकारले छानबिन गर्न पाउने वा नपाउनेबारे आज सर्वोच्चमा छलफलका लागि बोलाइएको छ । गभर्नर महाप्रसाद अधिकारीले आफूलाई सरकारले गरेको निलम्बनविरुद्ध  दायर गरेको रिटमा आज सुनुवाइका लागि दुवै पक्षलाई बोलाइएको हो ।यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले वैशाख १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल छानबिन नगर्न भनेको थियो । सरकारले छानबिन थाली निलम्बनमा पारेपछि गभर्नर अधिकारी रिट लिएर वैशाख ५ गते सर्वोच्च अदालत पुगेका थिए ।अधिकारीको

गभर्नर प्रकरणमा समितिले काम थाल्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बारेमा छानबिन गर्न सरकारले गठन गरेको समितिले काम थालेको छ । मन्त्रिपरिषद् बैठकले ११ दिनअघि गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बित भएका हुन् ।त्यतिखरै अधिकारीलाई निलम्बनको पत्र दिइएको थियो । तर, यसबीचमा समितिको काम सुरु भएन । सरकार यो प्रक्रिया लम्ब्याउने मनसायमा रहेको बुझेपछि गभर्नर अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च अदालत पुगेका छन् । गभर्नर सर्वोच्च पुगेपछि सरकारलाई बल्ल छानब

निलम्बन कारबाहीविरुद्ध सर्वोच्च अदालतमा पुगे गभर्नर अधिकारी

काठमाडौँ । सरकारले आफूमाथि गरेको निलम्बनको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन् ।

निलम्बित गभर्नर अधिकारी सरकारको निर्णयविरुद्ध पुगे सर्वोच्चमा

निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई कानुन विपरीत निलम्बन गरिएको भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत जानुभएको छ । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत जानुभएको हो । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको छ । […]

सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निलम्बन खारेजीको माग

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो । गभर्नरको जिम्मेवारीमा फर्काउनका […]

गभर्नर अधिकारी निलम्बनको निर्णयविरूद्ध सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अदालत पुगेका छन्। सरकारले गत चैत २५ गते गभर्नर पदबाट निलम्बन गरेपछि सोविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।