मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको आर्थिक सहयोग

काठमाडौं। सिन्धुलीको मरिण गाउँपालिकाले बाढीपहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्। दुवै पालिकाले १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए। अध्यक्ष बस्नेतले मेलम्ची र हेलम्बु पुगेर उक्त रकमको चेक प्रदान गरेका थिए।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई माओवादीको सहयोग

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी

माओवादीले दियो बाढी प्रभावित तीन स्थानीय तहलाई करिब ६७ लाख रुपैयाँ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले सिन्धुपाल्चोकका तीन स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। हेलम्बु र मेलम्ची प्रत्येकलाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङपाललाई २० लाख २९ हजार ९९९ रुपैयाँ दिएको हो। प्रदेशभित्र पार्टीले नेतृत्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।