२४ असोज, काठमाडौं । भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो । सो आरोपका सम्बन्धमा शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो । डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने […]