केरा आयत बढ्यो, एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो

काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागले जानकारी दिएको छ। अघिल्लो वर्षमा १ अर्ब ५२ करोड ६६ लाख ५६ हजार रुपैयाँको केरा भित्रिएको थियो।गत वर्ष ५ करोड ८४ लाख ६५ हजार २०३ केजी केरा आयात गरेको विभागले जनायो।

सम्बन्धित सामग्री

एक वर्षमा पौने चार अर्ब बढीको सारी, धोती र लुङ्गी नेपाल भित्रियो

काठमाडौं - नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा पौने चार अर्बभन्दा बढी मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो ।  अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी ...

एक वर्षमा साढे दुई अर्बको क्यामरा नेपाल भित्रियो

काठमाडौँ- नेपालमा एक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको क्यामरा नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको […]

पौने पाँच अर्बको भेन्टिलेटर र कन्सेनट्रेटर नेपाल भित्रियो

काठमाडौँ- पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मूल्य बराबरको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो । कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ । बितेको […]

गत वर्ष नेपाल भित्रियो १ अर्ब ६३ करोडको केरा

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब ६३ करोड रुपैयाँ बराबरको केरा भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड ६२ लाख किलोग्राम केरा भित्रिएको हो ।यसबापत आयातकर्ताले विदेशबाट केरा आयात गर्दा राज्यलाई २१ करोड रुपैयाँ बराबरको भन्सार कर तिरेका छन् । नेपाल भित्रिएको केरा सबै भारतबाट आयात भएको छ । गत वर्ष भारतबाट १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको केरा भित्रिएको छ । यसबाहेक इन्डोनेसियाबाट समेत केरा आयात हुने गरेको छ । इण्डानेसियाबाट गत वर्ष जम्मा ४० हज

एक वर्षमा एक अर्ब ३४ करोडभन्दा बढीको सिफुड नेपाल भित्रियो

काठमाडौँ – नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो। सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ। २०७८ साउनदेखि २०७९ असार […]

एक वर्षमा नेपाल भित्रियो साढे २ अर्बभन्दा बढीको फेसमास्क

काठमाडौं।नेपालमा एक वर्षमा साढे २ अर्बभन्दा बढीको फेसमास्क विभिन्न देशबाट भित्रिएको पाइएको छ।गत आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशबाट २ अर्ब ५० करोड ८४० रुपैयाँको ३५ करोड ९८ लाख २ हजार १४४ थान मास्क नेपालले आयात गरेको विभागले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी फेसमास्क आयात गरिएको थियो।

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।