भारतबाट एक वर्षमा एक खर्ब ६० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रियो

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा भारतबाट एकखर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ। भन्सार विभागका अनुसार सो वर्ष ९१ अर्ब ९४ करोड ८१ लाख ९२ हजारको डिजेल, ३६ अर्ब १५ करोड २९ लाख ११हजारको एलपी ग्यास र ३२ अर्ब ४४करोड ३३ लाख ५६हजार रुपैयाँको पेट्रोल नेपालले आयात गरेको छ।

सम्बन्धित सामग्री

आर्थिक मन्दीको असर : जाडोमा पनि घट्यो एलपी ग्यास आयात

काठमाडौं :विगतमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यो वर्ष त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट देखिएको छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा ५ प्रतिशतले खपत घटेको छ। पछिल्लो समय विद्युतीय चुलो (इण्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग

एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुषको घटनास्थलमानै मृत्यु भएको हो। ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको…

अर्थमन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ,१ भदौ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंहदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री […]

अर्थ मन्त्रालयबाटै सुरु भयो एलपी ग्यास विस्थापन अभियान

काठमाडौँ । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन […]

विद्युतीय पूर्वाधार नभई एलपी ग्यास विस्थापित नगर्न सुझाव

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्यासको खपतलाई तत्कालै निरुत्साहित गर्न नहुने बताएका छन् ।अध्यक्ष मल्लीले सरकारले नै विभिन्न इन्डक्सन चुलोको प्रयोग गरी एलपी ग्यासको खपतलाई निरुत्साहित गर्न नसक्ने बताए । उनले जलविद्युत नेपालको विकासको मूल ऊर्जा भएकोमा कुनै दुविधा नभएको बताए । उनले उत्पादन भएको विद्युतको खपत बढाएपनि विद्युत प्रयोग गर्ने […]

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्व अन्ततः सहमतिमै छनौट गरिएको छ। संघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भए।

एलपी ग्यास उद्योग संघको नेतृत्वमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वमा  कुशप्रसाद मल्ली चयन भएका छन् । संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।  यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् ।यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध

आयल निगम भन्छ, ‘एलपी ग्यास अभाव हुँदैन’

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास अभाव नहुने बताएको छ। केही दिनअघि एलपी ग्यास उद्योग संघले सिलिन्डर भरिहाल्न सर्वसाधारणलाई भनेको थियो। संघले ग्यास अभाव हुन सक्ने बताएपछि सर्वसाधारण आत्तिएर सिलिन्डर मौज्दात गर्न थालेका थिए। तर, निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यक्ताअनुसार ग्यास आइरहेको जानकारी दिए। उनले भने, ‘हामीसँग २१ दिनलाई पुग्ने मौज्दात पनि छ।’