सुन आयातमा दुई गुना वृद्धि, एक वर्षमा नेपाल भित्रियो २७ अर्ब ३४ करोडभन्दा बढीको सुन

काठमाडौं। नेपालमा एक वर्षको अवधिमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन भित्रिएको छ। आर्थिक वर्ष २०७७/७८मा सो सुन बिभिन्न देशबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सो अवधिमा तीनहजार ९२४.५ केजी सुन नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७मा नेपालमा १३ अर्ब ४६ करोड ४ लाख ५० हजार रुपैयाँको दुईहजार ४ सय केजी सुन भित्रिएको थियो।