गठबन्धन दलहरूलाई साथ लिएर देउवाले सरकारलाई छिटो पूर्णता दिनुपर्छ।त्यसपछि यो सरकारले प्राथमिकता पाएका विषयलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ।सरकारले गति पाउन थाल्यो भने मात्र अहिलेको निराशाको कालो बादल फाट्न थाल्छ। गठबन्धनमा रहेका अन्य दलका नेताले पनि यो अप्ठ...