हाईकिङ्गका लागि आकर्षक गन्तव्य तारकेश्वर

काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म […]

सम्बन्धित सामग्री

पर्यटकका लागि आकर्षक गन्तव्य ‘शुक्लाफाँटा’

कञ्चनपुर, महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै …

भारतको कश्मीर पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । कश्मीर पर्वतारोहण र पदयात्राका लागि निकै आकर्षक गन्तव्य मानिन्छ । यही आकर्षक गन्तव्यमा पदयात्रा गर्न आउने पर्यटकको सङ्ख्या पछिल्ला केही वर्षयता बढ्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ । पछिल्लो केही वर्षमा शान्ति सुरक्षाको प्रत्याभूतिका कारण भारतका विभिन्न राज्यसँगै युरोप र […]

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका काठमाडौं, १६ वैशाख । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने […]

नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाइने

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाललाई आकर्षक लगानीको गन्तव्य बनाइने बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई लगानीमैत्री वातावरण बनाउनका लागि पहल थालिने बताएका हुन् । लगानी बोर्ड लगानी प्रवर्द्धन र कार्यान्वयनमा सहजीकरण गर्ने निकाय भएको भन्दै उनले लगानीमैत्री वातावरण तय गर्ने प्रयास भइरहेको बताए । […]

‘चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य’

भजनी– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन्। आज कर्णाली नदीमा र्‍याफ्‌टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरूका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताए।  ‘सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको र्‍याफ्टिङ, रानीजमरा […]

पर्यटकको आकर्षक गन्तव्य ओखरेनीमा किवीखेती बढाइँदै

चैतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेस्थित ओखरेनी डाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट २ हजार २५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछिको पुनर्निर्माणले बस्तीलाई थप सुन्दर बनाएको थियो । बौद्धमार्गीको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा र स्तूपाले यहाँको सुन्दरतालाई अब्बल बनाएको छ । बाटो र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरि राता जस्ताका एकैनाशे घर त्यस स्थानमा रहेका छन् । बस्तीका बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने बित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँलाई थप आकर्षित बनाएको छ । अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ । पुस-माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले यो आकर्षक पर्यटकीय गन्तव्य पनि हो । प्राकृतिक दृश्यका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीको स्वाद चाख्न पाइने ओखरेनी हिमाली गाउँ हो । बजारमा पाइने मल पुग्दै नपुगेको यो गाउँमा पाइने आलु, मुला जिल्लामा मात्रै होइन बाहिर पनि प्रख्यात छ । चिसो ठाउँ भएकाले यहाँ नौ महीनामा मात्रै धान पाक्छ । कोदो हुँदैन । त्यसैले यहाँका बासिन्दा आलु, मुला उत्पादन भएपछि धान, मकै, कोदोसँग साट्न बेँसी झर्ने गर्थे । यहाँ आउने जंगली बँदेलले दुःख दिन थालेपछि किसानले आलु, मुला लगाउन बिस्तारै छाड्न थालेका छन् । ‘त्यसको विकल्पमा अहिले किवी खेती शुरू गरिएको छ,’ गाउँकै अगुवा तथा स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पाले भनिन्, ‘गाउँमा अहिले तीन हजारभन्दा बढी बिरुवा रोपिएको छ ।’ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ । ‘त्यसैले पनि स्थानीयले अन्य बालीको विकल्पमा किवी रोजेका हुन्,’ यहाँको हावापानी अनुसार किवीको उत्पादन राम्रो हुने देखियो,’ उनले भनिन्, ‘गाउँपालिकाले किवी पकेट क्षेत्र घोषणा गरी यसको खेती विस्तार गरेकाले गाउँवासी उत्साहितसमेत छन् ।’ ओखरेनीवासी गाउँमा आएका आगन्तुकलाई भव्य सम्मान गर्छन्, स्नेह गर्छन् । सत्कार गर्छन् । यहाँ आइपुगेका पाहुनालाई अहिले व्यक्तिकै घरमा बस्न दिइन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढेको छ । ‘अब हामी होमस्टेको तयारीमा छौं,’ स्थानीय पदमबहादुर लामा भुन्छन्, ‘हामी कर तिर्छौैं, होमस्टेका लागि गाउँपालिकाले पहल गर्नुपर्छ ।’ उनले ठाउँ अभावका कारण ठूलो संख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै राख्नुपर्ने अवस्था भएको बताइन् । आकर्षक गन्तव्यस्थल भएर पनि ओखरेनी ओझेलमा छ । काठमाडौंबाट एकै दिनमा पुगेर फर्कनसमेत सकिन्छ । काठमाडौंको साँखुबाट यो ठाउँ ५८ किलोमिटरको दूरीमा पर्छ । सार्वजनिक बसको यात्रा गर्दा चाबहिलको चुच्चेपाटीबाट यहाँका लागि बस छुट्छ । काठमाडौं-बनेपा-पाँचखाल-जिरोकिलो-मेलम्ची-नवलपुर-गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ । त्यस्तै जिल्ला सदरमुकाम चौताराबाट २२ किलोमिटरको दूरीमा रहेको ओखरेनीका लागि अर्काे ‘रुट’ झनै रमणीय छ । चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगिन्छ । स्याउले बजारबाट उकालो लागेपछि बास्नादार विभिन्न वनस्पतिको स्वाद लिँदै सानो ओखरेनी पुगिन्छ । -रासस

पर्यटककाे आकर्षक गन्तव्य शुक्लाफाँटा

दोधारा चाँदनी–  सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । […]

जलजला : मध्यपहाडको आकर्षक गन्तव्य

३ भदौ, रोल्पा । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । तर प्रचार प्रसारको अभावमा यो उति चर्चामा छैन । समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । यहाँको दलदले जमिनमा टेक्दा भुवादार गलैंचामा हिंडेजस्तो अनुभूति हुन्छ । घाँसे मैदान, दलदले भूमि रहेकाले यसलाई […]

खप्तड: फाँटहरूको आकर्षणले लोभ्याउने भर्जिन गन्तव्य

प्राकृतिक र धार्मिक आस्थासहित घुमघाममा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य हो– खप्तड । खप्तड चिसो मौसमा सेताम्य हिउँले ढाकिन्छ । वैशाख–जेठमा फूल फुल्छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड नेपालको भर्जिन गन्तव्य पनि हो ।

भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै [तस्वीर]

उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् । बेल्का नगरपालिकाले सो दहको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दै छ । तस्वीरः बिराट अनुपम, रासस