पर्यटकीय गन्तव्य नगरकोट

पर्यटकीय गन्तव्य क्षेत्र बोकेको ठाउँ हो नगरकोट । नगरकोट आफैंमा चिरपरिचित नाम पनि हो । विश्वका विभिन्न मुलुकबाट विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत लक्षित गरी यस नगरकोट आसपासमा विभिन्न किसिमका होटल तथा लजहरूसमेत रहेका छन् । सुन्दर पर्यटकीय गन्तव्य नगरकोटमा पछिल्लो समय कोरोनाको प्रभाव र मुलुक बन्दाबन्दीले गर्दा यहाँका […]

सम्बन्धित सामग्री

पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–२ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण थालिएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा ताल निर्माण सुरु गरिएको हो । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले–जलजले सामुदायिक वनमा धामाधम […]

आन्तरिक एवं विदेशी पर्यटकले नगरकोटदेखि रानीकोटसम्मका होटल खचाखच

भक्तपुर । नयाँ वर्ष २०८० को आगमनसँगै खुशी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेंले बताए । ‘चैत मसान्तदेखि वैशाख ३ गतेसम्मका लागि होटल बुकिङ भइसकेको छ,’ उनले भने, ‘यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् ।’ नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए । समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृंखला अवलोकन गर्न सकिन्छ । ‘नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन्,’ होटल व्यवसायी बकें भन्छन्, ‘अब भने पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।’ होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा-रानीकोट पक्की सडक निर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए । पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करीब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् । भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए । ‘मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा विसं. २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो,’ होटल व्यवसायी लामिछाने भन्छन्, ‘०८० को नयाँ वर्षमा भने विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकले पनि थपिँदा होटल भरिए ।’ नगरकोट जाने सडक निर्माण पूरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यवसायीको भनाइ छ । -रासस

अनुगमनमा पुगेका मन्त्रीलाई स्थानीयले पारे र्‍याखर्‍याख्ती

नगरकोट सडक अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले सडकमै रोकेर आक्रोश पोखेका छन् । पर्यटकीय गन्तव्य नगरकोट पुग्ने सडकखण्ड विस्तारको काम आठ वर्षदेखि अलपत्र छ ।

नगरकोट जाने बाटो ८ वर्षदेखि अलपत्र पारेको भन्दै सडकमा धर्ना

पर्यटकीय गन्तव्य नगरकोट सडकखण्ड विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि र स्थानीय विरोध प्रदर्शनमा उत्रिएका छन् । भक्तपुरको कमलविनायक भत्केको पार्टी क्षेत्रमा उनीहरू सडक अवरुद्ध पारेर धर्नामा बसेका छन् ।

सडक विस्तार ढिलाइको विरोध गर्दै माटो थुपारेर सडक अवरुद्ध

पर्यटकीय गन्तव्य नगरकोट सडकखण्ड विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरेका छन् ।

नगरकोट पदमार्ग निर्माण सुरु

पर्यटकीय गन्तव्य नगरकोटको प्रवर्द्धनका लागि मुहानपोखरी–खोलेखेत–गडगडे–नगरकोटसम्मको करिब ५ किलोमिटर पदमार्ग निर्माण कार्य सुरु भएको छ ।

काठमाडौं नजिकका होटेललाई सप्ताहान्तको भरथेग

काठमाडौं । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउँदै ल्याएपछि र कोभिडविरुद्धको खोप आंशिक रूपमा लगाइएका कारण यी गन्तव्यमा आन्तरिक पर्यटकहरू जान थालेका छन् । सप्ताहान्तमा यी गन्तव्यका होटेल तथा रिसोर्टहरूको अकुपेन्सी ७५ देखि ८० प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं नजिकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र धुलिखेलमा विदाको दिन आन्तरिक पर्यटक जाने गरेका छन् । आन्तरिक पर्यटकहरू बढी आउने हुँदा यी क्षेत्रका होटेलहरूका लागि सप्ताहान्त बिदा भरथेग बनेको व्यवसायीहरू बताउँछन् । नगरकोटस्थित होटेल हिमालयन भिल्लाका सेल्स एन्ड मार्केटिङ प्रबन्धक हीरा श्रेष्ठले सप्ताहान्तमा यहाँका सबै होटेलहरूमा ८० प्रतिशतसम्म अकुपेन्सी पुग्ने गरेको बताए । अन्य दिन भने जम्मा ५ देखि १० प्रतिशत अकुपेन्सी हुने गरेको उनको भनाइ छ । विदाको दिन पारेर घुम्न, बस्न आउने गर्दा पनि अकुपेन्सी दर र बिजनेश पनि केही सुधार हुने गरेको श्रेष्ठले बताए । ‘अन्य दिनहरूमा ठूला होटेलहरूमा १०/१२ जना र सानामा चाहिँ ५/७ जनाको संख्यामा मात्रै आउनुहुन्छ,’ उनले भने, ‘अहिले संक्रमण दर बढेको भए पनि यसले आगमनमा खासै फरक परेको छैन ।’ माघ, फागुन महीनामा पर्यटक आगमन र अकुपेन्सीमा सुधार भए पनि वैशाख १६ पछि जारी निषेधाज्ञापछि भने व्यवसाय नै गर्न नसकिएको उनले बताए । अहिले साउन १ गतेदेखि होटेल खुला गरिएको भन्दै छिटफुट रूपमा आन्तरिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । हिमालय दृश्य रिसोर्टका प्रबन्ध निर्देशक (एमडी) श्याम महतले भने आफ्नो होटेलको अकुपेन्सी ७ दखि ८ प्रतिशतसम्म रहेको बताए । उनले बन्दाबन्दी र कोरोना संक्रमण कम हुँदा आन्तरिक पर्यटक आगमन बढेको भए पनि केही दिनयता भने पर्यटक आउने क्रममा कमी आइरहेको जानकारी दिए । अहिले कोभिड तेस्रो लहरको त्रास र संक्रमण दर पनि बढेको हुँदा पर्यटक आगमन कम देखिएको उनी बताउँछन् । रकारले तोकेका स्वास्थ्य मापदण्डहरू पूरा गरेर नै सेवा उपलब्ध गराएको उनको भनाइ छ । उनले मौद्रिक नीतिमार्फत यो व्यवसायलाई राहत र पुनरुत्थान गर्ने खालका नीति ल्याउन आवश्यक भएको बताए । कोरानाको संक्रमण घट्दा र खोप पनि लगाएपछि व्यवसायीहरू उत्साहित बनेको भने देखिएको छ । धुलिखेल लगेज रिसोर्टका एमडीसमेत रहेका होटेल एशोसिएशन काभ्रेका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले यहाँका होटेलहरूको अकुपेन्सी औसतमा २५ प्रतिशत रहेको बताए । उनका अनुसार धुलिखेलमा हालसम्म ५० ओटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । केही दिनयता बढेको कोभिड–१९ को संक्रमण दरले भने अहिलेको आन्तरिक पर्यटक आगमन शून्यमा झर्ने हो कि भन्ने आंशकामा व्यवसायीहरू छन् । अहिले पनि पूर्ण रूपमा निषेधाज्ञा हटिसकेको भने छैन ।

नगरकोटमा पर्यटक आकर्षित गर्न थप पहल

नगरकोटः काठमाडौं उपत्यका नजिकको पर्यटकीय गन्तव्य नगरकोटमा नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई थप आकर्षण गर्न पहल सुरु भएको छ । भक्तपुरबाट नगरकोट जाने सडक ठेकेदारको लापरबाहीले समयमै नबन्दा समस्या भए पनि ...

बनिनसक्दै भत्कियो सडक

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक बनिनसक्दै भत्किएको छ । चार वर्षअघि विस्तार थालिएको कमलविनायक भत्केको पाटी–नगरकोट सडकखण्डको करिब १६ किमि मुख्य सडक विस्तारमा ढिलाइसँगै ठेकेदारको लापरबाहीका कारण सडक किनारामा लगाएको नाली पर्खाल भत्किएको छ ।