म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे । घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।