प्रदेशसभा बैठक सार्न एमालेले पत्र पठाएकोमा विपक्षी दलहरू असन्तुष्ट

बागमती प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले गरेको मागप्रति विपक्षी दलका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । विपक्षी गठबन्धनसहित प्रदेशका अन्य दलका नेताले नेकपा एमालेले अल्पमतमा परेको सरकारको आयु लम्ब्याउने खेलस्वरुप प्रदेशसभा बैठक सार्न खोजेको आरोप लगाएका हुन् ।बागमती प्रदेशको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले एमालेले प्रदेशसभाको बैठक सार्न प्रस्ताव गर्दै एमालेद्वारा सभामुख समक्ष पत्र पठाउनु गलत भएको बताए ।प्रदेश सरकार अल्पमतमा परिसकेको अवस्थामा संसदबाट व

सम्बन्धित सामग्री

विपक्षीले बहिष्कार गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित

विपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार पनि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक पनि विपक्षी उपस्थित नभएपछि स्थगित भएको थियो । प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गत बैठक पाँच पटक सूचना टाँस गरेर, एक पटक गणपूरक संख्या नपुगेर तथा दुई पटक प्रतिपक्षी दल उपस्थित नहुँदा स्थगित भएको छ ।मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि गणपूरक संख्या नपुगेकाले बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।निर्

गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा सांसदहरु उपस्थित भइरहेका छैनन् । सांसद उपस्थित नभएर गणपूरक संख्या नपुग्दा शुक्रबार बसेको बैठक स्थगित भएको छ । शुक्रबार बसेको नवौं अधिवेशनको १३औं बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित गरिएको छ । बैठक प्रारम्भ हुनासाथ विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रदेश सभाको गणपूरक संख्या नपुगेकाले सभाको […]

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

गत पुस ८ गते स्थगित बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते राख्ने विषयमा दलहरूबीच सहमति भएको हो । प्रदेशसभा बैठक पुस ८ गतेयता बसेको छैन । विपक्षी दल नेकपा एमालेको अवरोधका कारण सत्तापक्षले बैठक आह्वान गर्न सकेको थिएन । सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक बस्ने र फागुन १६ गते प्रदेशसभा बैठक बोलाउने विषयमा दलहरूबीच सहमति भएको छ । बुधवार बसेको सर्वदलीय ब...

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । यसअघि मुख्यमन्त्री शाहीले हिजो (मंगलबार) विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आज (बुधबार)का लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी […]

सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

लुम्बिनीमा एमालेले भन्यो- माग पूरा नभएसम्म सदन चल्न दिँदैनौं

८ भदौ, बुटवल । लुम्बिनी प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्ना माग पूरा नभएसम्म प्रदेशसभा बैठक अवरुद्ध गर्ने बताएको छ । पार्टीबाट निर्वाचित दुई जना प्रदेशसभा सदस्यलाई निष्कासन गर्न दिएको निवेदन सभामुखले अस्वीकार गरेर आफैं न्यायाधीश बनेको एमालेको आरोप छ । लुम्बनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै […]

माओवादी र कांग्रेस सांसदको अवरोधका कारण बागमती प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं। बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदको अवरोधका कारण अवरुद्ध भएको छ। बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएका थिए। त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए।

एमालेको अडानका कारण आइतबार पनि बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

सुर्खेत। कर्णाली प्रदेशसभा बैठक आइतबार पनि बस्न सकेन। दोस्रो दिन पनि प्रदेशसभाको बैठक स्थगित भएको हो। यसअघि शुक्रबार विशेषकारण भन्दै बैठक सूचना टाँसगरी स्थगित भएको थियो। विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको निर्णयपछि फ्लोर क्रस गरेर मन्त्री भएकाहरुले राजिनामा दिनुपर्ने माग राख्दै आएको छ। एमाले र सरकारबीच कुनैपनि सहमति हुन नसकेपछि बैठक सूचारु हुन नसकेको प्रदेशसभाका एक कर्मचारीले बताए।

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ