विपक्षीले बहिष्कार गरेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि स्थगित

विपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक मंगलबार पनि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक पनि विपक्षी उपस्थित नभएपछि स्थगित भएको थियो । प्रदेश सभाको दशौँ अधिवेशन अन्तर्गत बैठक पाँच पटक सूचना टाँस गरेर, एक पटक गणपूरक संख्या नपुगेर तथा दुई पटक प्रतिपक्षी दल उपस्थित नहुँदा स्थगित भएको छ ।मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि गणपूरक संख्या नपुगेकाले बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।निर्