लमजुङ – वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा धेरै क्षति पुर्याएकाे छ । नदीमा आएको बाढीले आज (बिहीवार) पनि ङिस्याङ गाउँपालिका ४ सब्जी खोलामा रहेको एक जलविद्युत् आयोजनाको पावर हाउस बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो ।
यस्तै भर्खरै बाढीले मनाङ चामे गाउँपालिका ३ कोतो बजार र नार्पाभूमि १ जोड्ने एकमात्र झोलुङ्गे पुल पनि बगाएको उहाँले बताउनुभयो ।
लगातारको वर्षासँगै आएको बाढीले मङ्गलवार तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजा...