आठ वर्षदेखि बाढीपीडितको दसैं त्रिपालमै

कर्णाली । सबैतिर दसैंको उल्लास छाइरहेको छ । गाउँघर बाहिर रहेका दसैं मनाउन धमाधम घर फर्किए । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैंको रौनक झनै बढाइदिएको छ । तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ । बाढीले वराह तालको तरंगा गाउँलाई नदी किनारमा परिणत गरेपछि त्यहाँका बासिन्दा आठ वर्षदेखि गिरिघाटस्थित शिविरमा त्रिपालमुनि बस्दै आएका छन् । ‘आठ वर्षदेखि खुसीले दसैं मनाउन सकेका छैनौं । यहाँ हाम्रो न घर छ, न त परिवारै’, ४१ वर्षीया ललिता सुनार भन्छिन्, ‘हाम्रा लागि दसैं दशाजस्तो बनेको छ । पक्की घर र जग्गा पाउने आशा अब निराशामा परिणत भयो ।’ बाढीले विस्थापित बनेपछि परिवारका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्छन् । आफ्नो घर नहुँदा भारत गएका दसंै, तिहारमा पनि फर्कन नचाहने गरेको उनी सुनाउँछिन् ।      बस्तीमा अधिकांश महिला तथा बालबालिका छन् । उनीहरूले गिटी कुटेर तथा दाउरा बेचेरै गुजारा चलाउने गरेका छन् । आफ्नो थातथलोमा उतिबेला मनाइने चाडपर्व सम्झँदै ३७ वर्षीया सिर्जना सुनार भन्छिन्, ‘घर लिपपोत गथ्र्यौं, आफन्त, इस्टमित्र सबै जमघट हुन्थ्यौं । अब त्यो हाम्रा लागि सपना बन्यो ।’ बाढीले परिवारै छिन्नभिन्न पारेको विस्थापित बताउँछन् । भेरी र सुर्खेतका अन्य नदीनालामा आएको बाढीले सुर्खेतमा ११५ को मृत्यु भएको थियो भने करिब एक हजार ४५ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ४५४ परिवार शिविरमै छन् । अर्का विस्थापित हरिलाल तारामी हरेक दिन साँझबिहान के खाने भन्ने चिन्तामै सात वर्ष बितेको बताउँछन् । ‘शिविरमा आम्दानीको स्रोत छैन । तरकारीदेखि सबै सरसामान किन्नुपर्ने अवस्था छ’, उनी भन्छन्, ‘हामीलाई दसैं, तिहार आउनुभन्दा नआएकै जाती हुन्थ्यो ।’ शिविरको बसाइ भएकाले दसैंजस्ता चाडपर्वमा गाउँबाट कमै मात्र आफन्त आउने गर्छन् ।      सरकारले आवास निर्माणका लागि बजेट दिए पनि उक्त बजेटले आफूहरूलाई जग्गा पाउन मुस्किल भएको विस्थापितको गुनासो छ । ‘आवास निर्माणका लागि पहिलो किस्ता १ लाख ५० हजार दिने गरिएको छ, त्यो पैसाले सुर्खेतका कुनै पनि स्थानमा घडेरी किन्न सकिन्न । जग्गा नै नभएपछि घर कसरी बनाउनू ?’ विस्थापित अगुवा ललितबहादुर शाही भन्छन्, ‘सरकारले आठ वर्षसम्म पनि आवास निर्माण तथा पुनःस्थापना गर्न नसक्दा हामी चिन्तित छौं ।’      कर्णाली प्रदेश सरकारले २०७१ को बाढीबाट विस्थापित भएका ५५१ घरपरिवारलाई पुनःस्थापना गरिएको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिकाका २५४, वराहताल गाउँपालिकाका ४६, लेकबेंसी नगरपालिकाका १२, भेरीगंगा नगरपालिकाका १६०, गुर्भाकोट नगरपालिकाका ३२, पञ्चपुरी नगरपालिकाका ८४ र चौकुने गाउँपालिकाका तीन गरी ५५१ घरधुरीलाई आवास हस्तान्तरण गरिएको छ । रासस

सम्बन्धित सामग्री

पाँच वर्षदेखि त्रिपालमै पहिरोपीडित

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासका पहिरोपीडितहरु पाँच वर्षदेखि त्रिपालमै बिताउन बाध्य भएका छन्। थातथलो पहिरोले पुरिएपछि विस्तापित बनेका उनीहरुको बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बनेको हो ।  वर्षाैदेखि...

चार वर्षदेखि कारागारमै बालक

कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही।...

डेढ वर्षदेखि कार्यालय प्रमुखविहीन इलाका प्रशासन

डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ। कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो।...

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ।...

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

त्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।

बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा

दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ । एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपा नगरमा कन्याको पूजा गरी मनाइँदै आएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण विगतका दुई वर्ष स्थगित गरिएको थियो ।सनातन कन्या–पूजा प्रबन्ध समितिले एक सय २० वर्षदेखि निरन्तर यस पूजाको आयोजना गरी रजस्वला नभएका (१० वर्षमुनिका कन्या)लाई पुज्दै आएको छ । समितिले गएका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गरेको थियो । यस वर्षको कन्या–पूजा

उपचार गर्न पैसा नभएपछि सात वर्षदेखि खोरमा

भोजपुर, १८ चैत । उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्वर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा डम्वरलाई दुई वर्षदेखि खोरमा थुनेर राखेको […]

तीन वर्षदेखि विशेषज्ञविहीन स्वास्थ्य केन्द्र

चिकित्सकहरू अध्ययन बिदामा गएपछि थारमारेमा नौ महिनादेखि र लेखपोखरामा तीन वर्षदेखि विशेषज्ञ चिकित्सकविहीन  बाग्चौर नगरपालिकास्थित थारमारे र छत्रेश्वरी गाउँपालिका–४ लेखपोखराका प्राथमिक स्वास्थ्य केन्द्र लामो समयदेखि विशेषज्ञविहीन भएका छन् । दरबन्दीमा विशेषज्ञ...

३० वर्षदेखि एकछत्र नेतृत्व

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक […]

सल्यानका शिक्षकले तीन वर्षदेखि तलब पाएनन्

सल्यान : सल्यानमा सामुदायिक (सरकारी) विद्यालयमा पढाउने शिक्षकले तीन वर्षदेखि तलब पाएका छैनन्। निजी स्रोतबाट पढाउँदै आएका शिक्षकले पारिश्रमिक नपाएका हुन्।भैरवी आधारभूत विद्यालयमा १२ वर्षदेखि निजी स्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएको बताए। तीन वर्षदेखि तलब नपाउँदा दैनिक गुजारा गर्न निकै समस्या भएको उनको भनाइ छ। उनले भने, ‘विगतमा झैँ यो वर्षको चाडपर्व खल्लो हुने भयो। पारिश्रमिक आउने निश्चित नहुँदा अन्योल थपिएको छ।’ विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज