कैलाली : आजबाट दल र उम्मेदवारहरुले जुलुस र आमसभा गर्न पाउने भएसँगै दलहरू शक्ति प्रदर्शनमा केन्द्रित हुन थालेका छन्। जसका लागि शीर्ष नेताहरूको सुदूरपश्चिम दौड सुरु भएको छ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगिसकेका छन्। मनोनयन दर्ताको दिन समेत गृह जिल्ला नपुगेका देउवा अहिले भने शक्ति प्रदर्शनका लागि यहाँ आइपुगेका हुन्।…