सत्ता गठबन्धनले तय गर्यो निर्वाचनमा तालमेलको मोडालिटी, महानगरको केन्द्रले नै गर्ने

सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रिय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर बैशाख ५ गते भित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । बैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  । गठबन्धन बैठकले महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने निर्णय पनि गरेको छ । सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँड गर्ने कामको संयोजन भने सम्बन्धित कमिटीको काँग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए । सिट बाँडफाँडको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ । सञ्चारमन्त्री कार्कीले भने, ‘पाँच दलीय गठबन्धनका बीच २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँड गर्दा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले गर्ने । नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेलगरी सिट बाँडफाँडको बैशाख ३ गते भित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी बैशाख ५ गते भित्र केन्द्रलाई पठाउने । महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिका वडा अध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २÷२ जना प्रतिनिधि रहने । प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ आफ्नो आवश्यक्ता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ । सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने । गठबन्धन भित्र सिट बाँडफाँडको आधारहरु निम्न अनुसार तय गरिएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने । २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार । २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभएतापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धन भित्र अन्य दललाई पनि सहभागी गराउने । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने । गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारहरुको अतिरिक्त वर्तमान गठबन्धनमा आवद्ध दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने । गठबन्धन भित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने । ’ 

सम्बन्धित सामग्री

सत्ता गठबन्धन जोगाउन अनुसन्धानरत प्रहरीको सरुवा

राजनीतिक दलका नेताले सुरक्षा अंगलाई आफूअनुकूल चलाउने प्रयास गर्दा नेपाल प्रहरीमा सत्ता गठबन्धन दलहरूको छाया परेको छ।...

सत्ता गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् ।

वर्तमान सत्ता गठबन्धन अवसरवादी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको टिप्पणी गरेको छ ।

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्दै छ।...

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।...

झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।...

धरमरमा सत्ता गठबन्धन

काठमाडौं, जेठ ७ । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको कांग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोपप्रत्यारोप सुरु भएको हो। […]

प्रचण्डले भने– सत्ता गठबन्धन टुट्दैन

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए ।  बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह ग

सत्ता गठबन्धन नभत्किने प्रचण्डको दाबी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। सोमबार दिउँसो काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा दाहालले एमसिसीका कारण गठबन्धनको भविष्यमा असर नपर्ने प्रतिबद्धता जनाएका हुन्। माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच सत्ता गठबन्धन जोगाएर एमसिसी पारित गर्ने विषयमा छलफल भएको हो ।

सत्ता गठबन्धन तोडिदै

काठमाडौं, १७ माघ । सत्ता गठबन्धन चाँडै भत्कनसक्ने सम्भावना बढेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले गठबन्धनमा कम्पनि आइसकेको छ । अब गठबन्धनभित्र एमसीसी पारित गर्ने सहमति नबने भत्कने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी […]