गठबन्धनबाट बागलुङमा दलित महिला सदस्य निर्विरोध निर्वाचित

 बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका-५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।उनका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरिसकेको छ।निर्वाचित भएको प्रमाणप

सम्बन्धित सामग्री

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं, २५ बैशाख । हालसम्म ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष १७, दलित महिला सदस्य ६० र महिला सदस्य २५ जना उम्मेदवारहरु गरी १३८ जना […]

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभयो । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै […]

जनकपुरधाम उपमहानगरपालिकामा दुई दलित महिला सदस्यको निर्विरोध निर्वाचित

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका छन्  रिपुकुमारी निर्विरोध निर्वाचित भएका छन् ।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवा

दुई दलित महिला सदस्य निर्विरोध

काठमाडौँ,१८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य […]

काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध

काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन आयोगले दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।

जनकपुरधाममा कांग्रेसका दलित महिला सदस्य निर्विरोध निर्वाचित

१८ वैशाख, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् । उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यो वडामा दलित महिला सदस्यमा रिपुको एकल उम्मेदवारी परेकाले उनलाई निर्वाचन […]

तनहुँको देवघाटमा दलित महिला सदस्य निर्विरोध

तनहुँ – तनहुँमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ। देवघाटमा गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएसँगै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोल्न सफल भएको हो। देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत थमनसिंह थापाले बताए। ‘उहाँको मात्रै एकल उम्मेद्वारी […]

उदयपुरमा एमाले र माओवादीबाट एक एक जना वडा सदस्य निर्विरोध

उदयपुरमा एमाले र माओवादी केन्द्रबाट एक/एकजना गरी दुई जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । लिम्चुङबुङका निर्वाचन अधिकृत तुलराज सुनुवारका अनुसार माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्वर १ मा...

म्याग्दीमा एक वडाध्यक्षसहित ५ जना निर्विरोध निर्वाचित भएको घोषणा

निर्वाचन आयोगले म्याग्दीमा एक वडाध्यक्षसहित पाँचजना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्विरोध निर्वाचित हुनेमा धवलागिरी गाउपालिका वडानम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालसहित एक दलित महिला सदस्य, एक महिला सदस्य र एक वडा सदस्य गरी चार माओवादी केन्द्रका रहेका छन् ।त्यस्तै सोही गाउँपालिकाको वडानम्बर १ कै स्वतन्त्र वडा सदस्य पनि निर्विरोध भएका छन् ।

पर्साको पटेर्वासुगौली–१ मा दलित महिला सदस्य निर्विरोध

१६ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट दलित महिला सदस्य बसन्तीदेवी मुसहर निर्वाचित भएकी हुन् । वडा नम्बर ३ मा मतदाता नामावली भई वडा नम्बर १ मा मनोनयन दर्ता गराएका पाँच जनाको उम्मेदवारी रद्ध भएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन […]