काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध

काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन आयोगले दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।

सम्बन्धित सामग्री

धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित

झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

पाल्पा १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

पाल्पा क्षेत्र नम्र १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका नारायणप्रसाद आचार्यले १० हजार सात सय ३५ मत ल्याउँदा गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच...

एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

धनगढी – बाजुराको बूढीगंगा नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ झण्डै दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले ३०६४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले १६२९ मत पाएका छन्। यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले ३०१३ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले […]

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

तुल्सीपुरमा एमालेका उम्मेदवार ११३१ मतान्तरले अगाडि

दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार ११३१ मतले अगाडि रहेका छन् । तुल्सीपुर उपमहानगरपालिकाको ३९८९५ मतगणना गर्दा एमालेका उम्मेदवार टिकाराम खड्काले १६७९६ प्राप्त गरेका हुन् ।यस्तै काँग्रेसका गेहेन्द्र गिरी १५ हजार ६३५ मतका साथ पछिपछि रहेका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ७९ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ५३५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ५४४ रहेको छ।

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ […]

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित...

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं, २५ बैशाख । हालसम्म ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष १७, दलित महिला सदस्य ६० र महिला सदस्य २५ जना उम्मेदवारहरु गरी १३८ जना […]

चितवनमा एमालेका एक उम्मेदवार निर्विरोध

चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो । स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । इच्छ