म्याग्दीमा एक वडाध्यक्षसहित ५ जना निर्विरोध निर्वाचित भएको घोषणा

निर्वाचन आयोगले म्याग्दीमा एक वडाध्यक्षसहित पाँचजना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्विरोध निर्वाचित हुनेमा धवलागिरी गाउपालिका वडानम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालसहित एक दलित महिला सदस्य, एक महिला सदस्य र एक वडा सदस्य गरी चार माओवादी केन्द्रका रहेका छन् ।त्यस्तै सोही गाउँपालिकाको वडानम्बर १ कै स्वतन्त्र वडा सदस्य पनि निर्विरोध भएका छन् ।