काठमाण्डाै – सरकारले चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको औषधि व्यवस्था विभागको बसेको बैठकले १८ वर्षभन्दा बढी उमेर समूहका मानिसलाई लगाउन सक्ने गरी आपत्कालीन प्रयोगको अनुमति दिएको हो ।
यो खोपलाई गएको मङ्गलवार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिने भएकाले नेपाल जस्तो देशका लागि उपयोगी हुने विज्ञहरूले बताएका छ...