धनगढीमा 'ताजा जनादेश'को पक्षमा अनेरास्ववियुको प्रर्दशन

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा नेकपा एमालेनिकट अनेरास्ववियु (ओली पक्ष) ले ताजा जनादेशको पक्षमा प्रदर्शन गरेको छ। युवाहरूले 'जनमत सिर्जना गरौं' भन्दै शुक्रबार प्रदर्शन गरेका हुन्। धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मुख्य गेटअगाडि अनेरास्ववियुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। 'राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं', 'ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं' उनीहरू

सम्बन्धित सामग्री

गेटामा मेडिकल विश्वविद्यालय कायम गर्न माग गर्दै धनगढीमा एमालेको प्रर्दशन

२६ जेठ, धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रर्दशन गरेको छ। शुक्रबार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिसम्म ¥यालीसहित एमालेले प्रर्दशन गरेको हो। प्रर्दशनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य […]

धनगढीका २३ प्रदर्शनकारी मुक्त

धनगढी : ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थी छुटेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले नियन्त्रणमा लिइएका विद्यार्थी तथा आफन्तलाई छाडिएको जानकारी दिए। उनले भोलिदेखि आन्दोलन तथा प्रर्दशन नगर्ने शर्तमा उनीहरूलाई छाडिएको बताए। चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनका क्रममा आज प्रहरीले स्थानीय र विद्यार्थी गरेर २३ जनालाई समातेको थियो।ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी बालिकाका

कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहा गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ- ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थीहरूलाई तत्काल रिहा गर्न माग गरेका हुन् । ‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती […]

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, घटनाको विरोधमा स्थानीयले गरे प्रर्दशन

कैलाली । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा आज बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु […]

धनगढीमा एमसीसीविरुद्ध माओवादी केन्द्र र आठ दलीय मोर्चाको छुट्टाछुट्टै प्रर्दशन

१२ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि एमसीसीको विरोधमा प्रर्दशन गरिएको छ । बिहीबार नेकपा माओवादी केन्द्र र आठ दलीय मोर्चाले धनगढीमा र्‍यालीसहित छुट्टाछुट्टै रुपमा प्रर्दशन गरेका हुन् । माओवादी केन्द्रले आफ्ना जनवर्गीय संगठनलाई एमसीसीको विरोधमा उतारेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेताहरुले एमसीसी […]

रानाथारू भाषालाई कामकाजी भाषा माग गर्दै धनगढीमा प्रर्दशन

२८ भदौ, धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न […]

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री

काठमाडौं, भदौ १ । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् । मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।

धनगढीमा प्रेम आले र लक्ष्मी चौधरीको विरोधमा युवा संघको प्रर्दशन

५ साउन, धनगढी । धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको विरोधमा युवा संघले प्रर्दशन गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई बहिस्कार गर्ने बताएको छ । धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्‍यालीमा उनीहरुले आले […]

प्रधानमन्त्री ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रर्दशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन गरिएको छ । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्न जान लागेको ओलीको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको हो । ओलीले सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा ओली समूह प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामञ्चमा हुने सभालाई सम्बोधन गर्न उनी त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्री आउने भएपछि जिल्लाको सुरक्षा कडा पारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो । कार्यक्रमस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यक्रममा कालो मास्क लगाएर उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।