मकवानपुरमा मतदान सुरु, मतदाता उत्साहित

हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए।  जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका…

सम्बन्धित सामग्री

धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे

धनुषामा सुरु भयो मतदान, मतदाता उत्साहित

जनकपुरधाम – धनुषाको सबै मतदानस्थल तथा मतदानकेन्द्रमा मतदान सुरु भएको छ । धनुषामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका ४ र प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ । जिल्लाको ३२२ मतदानस्थल तथा ६०५ मतदान केन्द्रमा मतदान भइरहेको छ । धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् । […]

४५ जिल्लामा मतदान जारी, मतदाता उत्साहित

काठमाडौं । दोस्रो चरणअन्गर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको...