ह्वात्तै बढ्यो ‘ब्ल्याक लिस्ट’मा पर्ने ऋणीको संख्या, यस्तो छ कारण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार माइतीघरमा बैंकको ब्याजदर बढेको विरोधमा उद्योगी व्यवसायीहरुले गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ‘डिफल्ट’ हुने उद्योगी व्यवसायीहरुको संख्या बढिरहेको दृष्टान्त सुनाए । ऋणको साँवा र ब्याज भूक्तानी गर्न नसकी असार मसान्तमा कयौँ ऋणी उद्योगी व्यवसायीहरु कालोसूचीमा परेको र अब पौष मसान्तमा यो संख्या डरलाग्दो गरी बढ्ने उनको आँकलन छ ।त्यस्तै, होटेल संघ नेपाल (हान)ले पनि बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अहिलेको अवस्थामा कर्जाको साँवा र ब्याज तिर्न नसकिने जनाउँदै कर्जा भूक्तानीको समयसीमा २ वर्ष थप गरिदिने व्यवस्था मिलाउन माग गर्यो । बैंकहरुले कर्जाको साँवा र ब्याज भूक्तानीका लागि ताकेता गरिरहेको तर, कोभिड–१९ पछि पनि होटल व्यवसाय लयमा फर्किनसकेकाले आफूहरु कालोसूचीमा पर्ने जोखिम बढेको भन्दै हानकी अध्यक्ष सिर्जना राणाले २ वर्षका लागि कर्जाको पुनर्तालिकीकरण गराइदिन माग गरिन् ।यी २ दृष्टान्तबाट उद्योगी व्यवसायीहरु कालोसूचीमा पर्ने जोखिम बढिरहेको अनुमान लगाउन सकिन्छ । कति बढे कालोसूचीमा पर्ने ऋणी ?बजारमा पैसाको अभाव हुँदा कर्जा उपलब्ध नहुँदा उद्योग व्यवसाय चलायमान हुन नसक्दा साँवा र ब्याज भूक्तानीमा असर परिरहेको उद्योगी व्यवसायीहरुको गुनासो छ । यसको असरले उद्योगी व्यवसायीहरु कालोसूचीमा परिरहेको उनीहरुको गुनासो छ ।२०७९ साल लागेपछि हालसम्म १२ हजार बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैशाखदेखि हालसम्म १२ हजार १४५ ऋणीलाई कालोसूचीमा परेका छन् ।२०७८ चैत्र ३० गतेसम्म २३ हजार ४५८ ऋणी कालोसूचीमा रहेकोमा २०७९ कार्तिक तेस्रो हप्तामा आइपुग्दा यस्ता ऋणीको संख्या ३५ हजार ५७३ पुगेको छ । यो डरलाग्दो तथ्यांक भएको र ऋणीहरु धमाधम कालोसूचीमा पर्नुले देशको वर्तमान अर्थतन्त्र कस्तो छ भनेर छर्लङ्ग देखाएको छ । किन बढे ?बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये दुई तिहाइ कर्जा घरजग्गा धितो राखेर प्रवाह भएको छ । तिनै घरजग्गा लिलामीका सूचना पनि धमाधम आउन थालेका छन् । घरजग्गा धितो राखेर कर्जा लिएका उद्योगी व्यवसायीहरु राष्ट्र बैंकको कर्जा सम्बन्धि नयाँ प्रावधानले पैसा नै नपाउने अवस्थामा पुगेकाले ऋणी उद्योगी व्यवसायीहरु साँवा र ब्याज भूक्तानी गर्न नसक्ने अवस्था आएको उनीहरु बताउँछन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बढेको बेस रेटमा प्रिमीयम पनि थप गरेर कर्जाको ब्याज महँगो बनाइँदा औद्योगिक वातावरण क्रमशः खुम्चिँदै गएको बताउँछन् । तरलता अभावले कर्जा विस्तार खुम्चिदा पनि बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढिरहनुले उनीहरुले अस्वभाविक प्रिमीयम थप गरिरहेको पुष्टि हुने उनको भनाई छ । बैंकहरुले कर्जाको ब्याज र किस्ता भुक्तानी गर्ने सम्झौता सामान्यतया, हरेक ३–३ महिनाको गरेका हुन्छन् । यदि ऋणीले १ किस्ता मात्रै भुक्तानी गर्न सकेन भने पनि स्वतः कर्जा सुरक्षण केन्द्रमा ‘डिफल्टर’को प्रक्रियामा जान्छ ।यो पनिःबैंकविरुद्द उद्योगी व्यवसायी सडकमाः बैंकर्स संघ भन्छ, ‘चिन्तित छौँ’, राष्ट्र बैंक भन्छ, ‘नआत्तिनु’तर, १ महिनासम्म नतिर्दा त्यसलाई खराब मानिँदैन । यसमा १ प्रतिशत प्रोभिजन गरे पुग्छ । ३ महिनासम्म पनि ऋणीले ऋण नतिर्दा भने त्यस्तो ऋणी निगरानीमा पर्छ । यसरी ३ महिनासम्म पनि ऋण नउठे बैंकले ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने प्रावधान छ ।३ देखि ६ महिनासम्म पनि ऋण असुली नभए यस्तो कर्जालाई कमसल कर्जा मानेर २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । ६ महिनादेखि १२ महिना (१ वर्ष) सम्म पनि कर्जा असुल नभए शंकास्पद कर्जाको सूचीमा राखेर बैंकहरुले ५० प्रतिशत प्रोभिजन गर्नुपर्छ ।१ वर्ष पनि नाघेको खण्डमा भने त्यस्तो कर्जा खराब कर्जा मानिन्छ र बैंकहरुले सय प्रतिशत प्रोभिजन गर्नुपर्छ ।यसरी कर्जाको साँवा र ब्याज भूक्तानी गर्न नसक्दा उद्योगी व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढिरहेको छ ।यता, राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेल भने गत आर्थिक वर्षमा कर्जा विस्तार २० प्रतिशतमा सिमित हुने अपेक्षा गरिएको भएपनि निजी क्षेत्रमा प्रवाह हुने कर्जा २७.३ प्रतिशतले बढ्दा नै ‘इकोनोमी ओभर हिटेड’ छ भन्नेमा राष्ट्र बैंक सचेत भएर माग पक्षलाई कम गर्ने गरी मौद्रिक नीति आएको र आत्तिन पर्ने अवस्था नरहेको बताउँछन् ।

सम्बन्धित सामग्री

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । निगमले मूल्य वृद्धि गएरातिदेखि लागू हुनेगरी बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि […] The post ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २० कात्तिक । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलाको ९४ हजार […]

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने ह्वात्तै बढ्यो

२० असार, काठमाडौं । शेयर बजारमा आज झिनो अंकको गिरावट आएको छ । सोमबार दिनभर बढेको सेयर बजार अन्तिममा भने ओरालो लागेको हो । नेप्से परिसुचक ९.७५ अंकले घटेर सोमबार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । आइतबार नेप्से ५७.६१ अंकले बढेर २ हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज शेयर […]

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, बैशाख १६ । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । योसँगै आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७ […]

चिसोबढेसँगै ह्वात्तै बढ्यो विद्युत् माग

काठमाडौं । विद्युत् खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमान्ड) ३ सय मेगावाटको हाराहारीमा बढेको हो । आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको […] The post चिसोबढेसँगै ह्वात्तै बढ्यो विद्युत् माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोनाको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या ह्वात्तै बढ्यो

एजेन्सी, २४ असोज । कोरोना भाइरसले यतिखेर पुरै विश्वलाई आक्रान्त बनाएको छ । यसको असर विवाहीत जोडीमा धेरै परेको हो । चीनको शिचुआन प्रान्तमा एक महिनामा ३ सय बढी दम्पत्तिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गरेका छन् । मिडिया रिपोर्टको अनुसार कोरोना भाइरसको कारण धेरै मानिसहरु घरभित्रै थुनिन पुगे । लामो समय संगै बस्दा पति–पत्नीबीच […]

उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो

काठमाडौं, साउन १८ । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। अस्पतालमा कोभिड वार्डको […]

असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप

काठमाडौं, असार २४ । दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार तेस्रो साता मात्रै निक्षेप संकलन  ४७ अर्ब रुपैयाँले वृद्धि भएर कुल निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । […]

चौरीसँग रमाउँदै

बिहानैदेखि तीनसिमान/फालोट क्षेत्रमा चहपलह बढ्यो । चौरी डुल्ने यी लेकाली डाँडाहरुमा नयाँ वर्षको पहिलो दिन आगन्तुकहरुको चलपहल ह्वात्तै बढ्यो ।...