असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप

काठमाडौं, असार २४ । दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार तेस्रो साता मात्रै निक्षेप संकलन  ४७ अर्ब रुपैयाँले वृद्धि भएर कुल निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । […]

सम्बन्धित सामग्री

ह्वात्तै बढ्यो डेंगु: दुई हप्तामा दुई हजारभन्दा बढी बिरामी थपिए

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेका थिए। तर असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता…

ह्वात्तै बढ्यो ‘ब्ल्याक लिस्ट’मा पर्ने ऋणीको संख्या, यस्तो छ कारण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले शुक्रबार माइतीघरमा बैंकको ब्याजदर बढेको विरोधमा उद्योगी व्यवसायीहरुले गरेको प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ‘डिफल्ट’ हुने उद्योगी व्यवसायीहरुको संख्या बढिरहेको दृष्टान्त सुनाए । ऋणको साँवा र ब्याज भूक्तानी गर्न नसकी असार मसान्तमा कयौँ ऋणी उद्योगी व्यवसायीहरु कालोसूचीमा परेको र अब पौष मसान्तमा यो संख्या डरलाग्दो गरी बढ्ने उनको आँकलन छ ।त्यस्तै, होटेल संघ नेपाल (हान)ले पनि बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अहिलेको अवस्थामा कर्जाको साँवा र ब्याज तिर्न नसकिने जनाउँदै कर्जा भूक्तानीको समयसीमा २ वर्ष थप गरिदिने व्यवस्था मिलाउन माग गर्यो । बैंकहरुले कर्जाको साँवा र ब्याज भूक्तानीका लागि ताकेता गरिरहेको तर, कोभिड–१९ पछि पनि होटल व्यवसाय लयमा फर्किनसकेकाले आफूहरु कालोसूचीमा पर्ने जोखिम बढेको भन्दै हानकी अध्यक्ष सिर्जना राणाले २ वर्षका लागि कर्जाको पुनर्तालिकीकरण गराइदिन माग गरिन् ।यी २ दृष्टान्तबाट उद्योगी व्यवसायीहरु कालोसूचीमा पर्ने जोखिम बढिरहेको अनुमान लगाउन सकिन्छ । कति बढे कालोसूचीमा पर्ने ऋणी ?बजारमा पैसाको अभाव हुँदा कर्जा उपलब्ध नहुँदा उद्योग व्यवसाय चलायमान हुन नसक्दा साँवा र ब्याज भूक्तानीमा असर परिरहेको उद्योगी व्यवसायीहरुको गुनासो छ । यसको असरले उद्योगी व्यवसायीहरु कालोसूचीमा परिरहेको उनीहरुको गुनासो छ ।२०७९ साल लागेपछि हालसम्म १२ हजार बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैशाखदेखि हालसम्म १२ हजार १४५ ऋणीलाई कालोसूचीमा परेका छन् ।२०७८ चैत्र ३० गतेसम्म २३ हजार ४५८ ऋणी कालोसूचीमा रहेकोमा २०७९ कार्तिक तेस्रो हप्तामा आइपुग्दा यस्ता ऋणीको संख्या ३५ हजार ५७३ पुगेको छ । यो डरलाग्दो तथ्यांक भएको र ऋणीहरु धमाधम कालोसूचीमा पर्नुले देशको वर्तमान अर्थतन्त्र कस्तो छ भनेर छर्लङ्ग देखाएको छ । किन बढे ?बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये दुई तिहाइ कर्जा घरजग्गा धितो राखेर प्रवाह भएको छ । तिनै घरजग्गा लिलामीका सूचना पनि धमाधम आउन थालेका छन् । घरजग्गा धितो राखेर कर्जा लिएका उद्योगी व्यवसायीहरु राष्ट्र बैंकको कर्जा सम्बन्धि नयाँ प्रावधानले पैसा नै नपाउने अवस्थामा पुगेकाले ऋणी उद्योगी व्यवसायीहरु साँवा र ब्याज भूक्तानी गर्न नसक्ने अवस्था आएको उनीहरु बताउँछन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बढेको बेस रेटमा प्रिमीयम पनि थप गरेर कर्जाको ब्याज महँगो बनाइँदा औद्योगिक वातावरण क्रमशः खुम्चिँदै गएको बताउँछन् । तरलता अभावले कर्जा विस्तार खुम्चिदा पनि बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढिरहनुले उनीहरुले अस्वभाविक प्रिमीयम थप गरिरहेको पुष्टि हुने उनको भनाई छ । बैंकहरुले कर्जाको ब्याज र किस्ता भुक्तानी गर्ने सम्झौता सामान्यतया, हरेक ३–३ महिनाको गरेका हुन्छन् । यदि ऋणीले १ किस्ता मात्रै भुक्तानी गर्न सकेन भने पनि स्वतः कर्जा सुरक्षण केन्द्रमा ‘डिफल्टर’को प्रक्रियामा जान्छ ।यो पनिःबैंकविरुद्द उद्योगी व्यवसायी सडकमाः बैंकर्स संघ भन्छ, ‘चिन्तित छौँ’, राष्ट्र बैंक भन्छ, ‘नआत्तिनु’तर, १ महिनासम्म नतिर्दा त्यसलाई खराब मानिँदैन । यसमा १ प्रतिशत प्रोभिजन गरे पुग्छ । ३ महिनासम्म पनि ऋणीले ऋण नतिर्दा भने त्यस्तो ऋणी निगरानीमा पर्छ । यसरी ३ महिनासम्म पनि ऋण नउठे बैंकले ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने प्रावधान छ ।३ देखि ६ महिनासम्म पनि ऋण असुली नभए यस्तो कर्जालाई कमसल कर्जा मानेर २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । ६ महिनादेखि १२ महिना (१ वर्ष) सम्म पनि कर्जा असुल नभए शंकास्पद कर्जाको सूचीमा राखेर बैंकहरुले ५० प्रतिशत प्रोभिजन गर्नुपर्छ ।१ वर्ष पनि नाघेको खण्डमा भने त्यस्तो कर्जा खराब कर्जा मानिन्छ र बैंकहरुले सय प्रतिशत प्रोभिजन गर्नुपर्छ ।यसरी कर्जाको साँवा र ब्याज भूक्तानी गर्न नसक्दा उद्योगी व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढिरहेको छ ।यता, राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेल भने गत आर्थिक वर्षमा कर्जा विस्तार २० प्रतिशतमा सिमित हुने अपेक्षा गरिएको भएपनि निजी क्षेत्रमा प्रवाह हुने कर्जा २७.३ प्रतिशतले बढ्दा नै ‘इकोनोमी ओभर हिटेड’ छ भन्नेमा राष्ट्र बैंक सचेत भएर माग पक्षलाई कम गर्ने गरी मौद्रिक नीति आएको र आत्तिन पर्ने अवस्था नरहेको बताउँछन् ।

पछिल्लो तीन महिनामा ह्वात्तै बढ्यो अपराध

काठमाडौं : अघिल्लो वर्षको तिन महिनाको तुलनामा यस वर्षको तीन महिनामा आपराधिक गतिविधिमा वृद्धि भएको छ। देशभर दुई आर्थिक वर्षको तीन महिना (वैशाख, जेठ र असार)मा अपराधको तथ्यांक तुलना गर्दा गत आर्थिक वर्षमा ३५.१ प्रतिशतले अपराध वृद्धि भएको प्रहरीले बिहीवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तीन महिनामा देशभर कुल ९ हजार…

कोरोना संक्रमण ह्वात्तै बढ्यो

असारयता वृद्धि हुँदै आएको कोभिडको दैनिक संक्रमण नरोकिने देखिएपछि अस्पतालहरूलाई उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । असार १ यता शुक्रबारसम्म दैनिक संक्रमण दर १० गुणा र सक्रिय संक्रमितको संख्या १३.२३ गुणाले बढेको हो ।

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने ह्वात्तै बढ्यो

२० असार, काठमाडौं । शेयर बजारमा आज झिनो अंकको गिरावट आएको छ । सोमबार दिनभर बढेको सेयर बजार अन्तिममा भने ओरालो लागेको हो । नेप्से परिसुचक ९.७५ अंकले घटेर सोमबार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । आइतबार नेप्से ५७.६१ अंकले बढेर २ हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज शेयर […]

इन्धनको मूल्यवृद्धिका कारण केयूकेएलले रोक्यो ट्यांकरमार्फत खानेपानी वितरण

७ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोकेको छ । पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण केही समयका लागि अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण रोकेको ट्यांकर शाखाका प्रमुख इन्जिनियर शंकर थापाले जानकारी दिए । थापाले अनलाइनखबरसँग भने, ‘अहिले इन्धनको भाउ ह्वात्तै बढ्यो । पहिला विनियोजन गरेको बजेटले थेग्ने अवस्था […]

कोभिड–१९ मत्थर भएपछि विदेशिनेको संख्या ह्वात्तै बढ्यो

कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मत्थर भएसँगै विश्व श्रम बजार चलायमान भएको छ । सोही कारण पछिल्लो समय नेपालबाट समेत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या ह्वातै बढेको छ  । यस्तो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ७१ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिना अर्थात साउनदेखि चैत २ गतेसम्ममा विभिन्न श्रम गन्तव्य मुलुकहरूमा काम गर्न जानका लागि कुल ४ लाख ६ हजार ९५६ जनाले श्रम स्वीकृति लिएका छन् । जबकी अघिल्लो वर्षको माघदेखि असार मसान्तस

छापामा आजः ह्वात्तै बढ्यो चिनियाँ लगानी, १० महिनामै ४३ अर्ब लगानी प्रतिबद्धता

३ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरु समेटेका छन् । थप हवाई रुट दिन भारत सहमत भएकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले विविध शीर्षक दिएर लेखेका छन् । योसँगै भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हटेको छ । देशभर क्षारीय धमिलो वर्षा …

घोराही उपमहानगरमा एमालेको अग्रता ह्वात्तै बढ्यो

घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवार १३६३१ मतसहित अग्रता लिइरहेका छन् । मेयरमा कांग्रेसका भुपबहादुर डाँगी ९९७२ मतसहित पछ्याइ रहेका छन् । माओवादी केन्द्रका जीवन गौतमले ७५७६ ...