तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा पोखरी निर्माण गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले वनजङ्गलमा पानी र आहारका अभावले वन्यजन्तु मानवबस्तीमा पस्ने र आक्रमण गर्ने भएकाले तिनलाई वनमै रोक्न पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए । […]
काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सरकारमात्रै नभएर व्यवस्था नै अनिश्चित छ भन्ने लागिसकेको तर्क गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकार आफैँले नीति तथा कार्यक्रममा उल्लेख गरेको विषयले यसको पुष्टि भएको जिकिर गरे । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन […]
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रम औपचारिकता पूरा गर्न आएको बताए । उनले भने, ‘सरकार आफैं निराश छ, उत्साह छैन विधि नीति तथा कार्यक्रम विधि पुर्याउन ल्याइदिए जस्तो रहेको छ ।’ लिङ्देनले नीति तथा कार्यक्रम विगत भन्दा दुई चार कुरामा मात्र फरक रहेको बताए । ‘अघिल्लो साल ८१ […]
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेकोले यी मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै यसको संरक्षण, प्रवर्द्धन एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दिवसका […]
२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाकोा बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा …