अरुण भ्याली हाइड्रोपावरसहित ३ ओटा कम्पनीको साधारण सभा आइतवार

असोज २२, काठमाडौं । अरुण भ्याली हाइड्रोपावरसहित ३ ओटा कम्पनीको साधारण सभा आइतवार हुने भएको छ ।  उक्त दिन अरुण भ्याली हाइड्रोपावर,सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले साधारण सभा आयोजना गरेका हुन् । अरुण भ्याली हाइड्रोपावरले कम्पनीको सभाकक्ष थापाथलीमा बिहान ११ बजे गर्दैछ ।  कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असोज ११ गते देखि १४ गते सम्म बन्द गरिसकेकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  सभाले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सेञ्चुरी क्यापिटल मार्केट्सले पाँचौं वार्षिक साधारण सभा आर्यतारा भवन, काठमाडौंमा बिहान ११ बजे हुने बताएको छ । सभाले ६ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले लक्ष्मी बैंक हात्तिसारमा बिहान ११ गर्ने जानकारी गराएको छ । सभाले सभाले आव २०७७/ ७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई रू. ४ करोड ५ लाख नगद लाभांश (कर सहित) लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सम्बन्धित सामग्री

अरुण भ्याली हाइड्रोपावरले यस वर्ष लाभांश नदिने

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीले यस वर्ष लाभांश प्रस्ताव विनानै वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चाल समितिको बैठकले पुस २९ गते इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै कम्पनीको चुक्तापूँजी बृद्धि गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एकदिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

सत प्रतिशत हकप्रद शेयर पारित गर्न अरुण भ्यालीले बोलायो असार ७ मा साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न असार ७ गते विशेष साधारण सभा गर्ने भएको छ ।  कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले विद्युत नियमन आयोगटबाट पूर्व स्वीकृती पाइसकेको छ । अव विशेष साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर र स्वीकृती पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८६ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ३ अर्ब ७३ करोड भन्दा बढी पुग्नेछ ।

अरुण भ्याली हाइड्रोपावर सहित तीन कम्पनीको साधारण सभा शुक्रवार हुदै

काठमाडौं । शुक्रवार तीन कम्पनीको वार्षिक साधारण सभा हुदैछ । अरुण भ्याली हाइड्रोपावर,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र सिन्धु विकास बैंकले वार्षिक साधारण सभा आयोजना गरेका हुन । अरुण भ्याली हाईड्रोपावर कम्पनीले २५औं वार्षिक साधारण सभा मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडले २१औं वार्षिक साधारण सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने जानकारी दिएको छ । सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरिसकेको छ  । यस बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  सिन्धु विकास बैंकले तेह्रौं वार्षिक साधारण सभा होटल सारथी धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले यस बैंक र अनय कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती प्रयोजनको लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दै छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको छ ।   यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले मंगलवारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३०८ दशमलव ३३ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । त्यस्तै रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ३८५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ५३९ को आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

काठमाडौं । रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरेकाले भोलि माघ १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  रिडी पावर कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २९ गते साधारण सभा बोलाएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी गराएको हो ।  त्यस्तै अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते साधारण सभा बोलाएको छ । सभा  मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोपावरको २४औं साधारण सभाको स्थान परिवर्तन

असोज २३, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ । कम्पनीले शनिवार एक सूचना जारी गर्दै कम्पनीको २४औं वार्षिक साधारण सभा असोज २४ गते आफ्नै सभाकक्ष, ट्रेड टावर, थापाथलीमा गर्ने भनेकोमा विविध कारणवस उक्त स्थानमा हुन नसम्ने जानकारी दिएको छ । अब उक्त सभा होटल ल्याण्डमार्क, दरवारमार्गमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस पश्चात कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा आसेज १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

असोज ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५२३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ५७५ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

असोज १०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका सोमवार अर्थात् असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु गर्ने जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

असोज ८, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार असोज १० गतेसम्म रहेको छ ।  कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ११ गतेदेखि १४ गतेसम्म बन्द गर्ने भएकोले असोज १० गते आइतवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।  त्यसैगरी कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा बिहान ११ बजे थापाथलीस्थित ट्रेड टावर नेपालको दोस्रो तलामा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।