अरुण भ्याली हाइड्रोपावर सहित तीन कम्पनीको साधारण सभा शुक्रवार हुदै

काठमाडौं । शुक्रवार तीन कम्पनीको वार्षिक साधारण सभा हुदैछ । अरुण भ्याली हाइड्रोपावर,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र सिन्धु विकास बैंकले वार्षिक साधारण सभा आयोजना गरेका हुन । अरुण भ्याली हाईड्रोपावर कम्पनीले २५औं वार्षिक साधारण सभा मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडले २१औं वार्षिक साधारण सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने जानकारी दिएको छ । सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरिसकेको छ  । यस बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  सिन्धु विकास बैंकले तेह्रौं वार्षिक साधारण सभा होटल सारथी धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले यस बैंक र अनय कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती प्रयोजनको लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।