सरकारले विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मल आपूर्ति र वितरणका लागि आवश्यक पर्ने बजेटमा भारी वृद्धि गरे पनि रासायनिक मलको अभाव अन्त्य गर्न नसकिएको जनाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार यस वर्ष २७ अर्बभन्दा बढी मूल्य रासायनिक मल खरिदका लागि छुट्याइएको छ ।आर्थिक वर्ष २०७७/०७८ मा १२ अर्ब रुपमा रासायनिक मलका लागि विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार उक्त बजेटबाट ४ लाख २ हजार मेट्रिक टन मल खरिद गरी बिक्री वितरण भएको थियो । यस वर्ष रासायनिक मलको मूल्य अन्तर्राष्ट्रिय बजारमै भारी मा