तस्वीरमा हेर्नुस् लिच्छविकालदेखिका मुद्रा राखिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी

काठमाडौं । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तरराष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा शुरू भएको छ ।  राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि हुँदै आएको भए पनि अन्तरराष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ ।  पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनीको उद्घाटन गरे । कार्यक्रममा नेपाल राष्ट्र बैङ्क टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, सङ्घका अध्यक्ष दिनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा सङ्कलनको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।  नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैङ्कको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रू. ५, १० र १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए ।  मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा सङ्कलन महत्त्वपूर्ण हुने जनाइएको छ । प्रदर्शनीमा भारतका मुद्रा सङ्कलकको पनि सहभागिता छ । गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिए । सङ्घमा हाल ३५९ सदस्य सक्रिय छन् । जसले निरन्तररूपमा मुद्रा सङ्कलन गर्ने गरेको जनाइएको छ ।  प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ । पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ । रासस तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

सम्बन्धित सामग्री

शुक्रबारदेखि कृषि यान्त्रीकीकरण प्रदर्शनी

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी शुक्रबार देखि पोखरामा हुने भएको छ। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ।...

‘अन्तरसम्बन्ध–२०८०’ प्रदर्शनी सुरु

काठमाडौँ– नेपालको ललितकला क्षेत्रका अग्रज कलाकारहरूको कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा अग्रज कलाकार शशि शाह, कृष्ण मानन्धर, स्व इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किव–७१ का चित्रकला प्रदर्शनी सुरु भएको हो । ‘अन्तरसम्बन्ध–२०८०’ नाम दिइएको उक्त प्रदर्शनी यही असार १२ गतेसम्म चल्नेछ । प्रदर्शनी अवलोकन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले […]

बाल वाटिकामा विज्ञान प्रदर्शनी

पेप्सीकोलास्थित बाल वाटिका स्कुलले विज्ञान प्रदर्शनी आयोजना गरेको छ। बिहान ११ बजेदेखि विद्यालय परिसरभित्र सुरु भएको प्रदर्शनी २ बजेसम्म चलेको थियो। विद्यालयले विद्यार्थीहरुलाई विज्ञानसम्बन्धित गतिविधिमा सहभागी गराउन वार्षिकरुपमा प्रदर्शनी आयोजना गर्ने...

बुटवलमा औद्योगिक प्रदर्शनी हुने

आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग संघ बुटवल, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ लुम्बिनीको संयुक्त आयोजनामा ७ देखि १९ पुससम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिस्तार’ भन्ने नारासहित गर्न लागिएको यो १५औं संस्करणको औद्योगिक प्रदर्शनी […]

साझा प्रकाशनको विशेष पुस्तक प्रदर्शनी

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ। साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर वैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ।...

सेना दिवसमा तीन दिन प्रदर्शनी हुने

सेना दिवसको अवसरमा ज‌ंगीअड्डामा तीन दिन प्रदर्शनी हुने भएको छ । नेपाली सेनाले फागुन १४ देखि १६ गतेसम्म बृहत् प्रदर्शनी गर्ने भएको हो । निःशुल्क प्रदर्शनी नेपाली सेनाका इतिहासका फोटो, हातहतियार र उपकरण, पदीक फौज तथा विभिन्न मद्दती अंगहरूको प्रदर्शनी गर्न लागेको सेनाले जनाएको छ ।  सैनिक ब्याण्ड प्रदर्शनी, विशेष फौज प्रदर्शनी घोडचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी हुनेछ ।

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीको भारतीय दूतावासका कार्यबाहक राजदूत नामग्या सी खम्पाले उद्घाटन गरेकी छन्।...

काठमाडौंमा ढाका प्रदर्शनी हुँदै

ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ । आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी हुने भएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो । प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका […]

तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान

बारपाक ह्यासट्याग फोटो प्रदर्शनी हुने

काठमाडौं । भूकम्प प्रभावित गोरखा जिल्लाको बारपाक क्षेत्रको अवस्थितीलाई लिएर बारपाक फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पर्यटन बोर्डको नियमित कार्यक्रम अन्तर्गतको फोटो नेपाल प्रदर्शनी कार्यक्रमका लागि यस पटक बारपारका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको हो । २०७२ सालको विनाशकारी भुकम्पको केन्द्रबिन्दु  कारणले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा निकै चर्चा पाएको तर पर्यटकीय क्षेत्र समेत रहेको बारपाकको महत्व विश्व सामु मुखरित गर्ने उद्देश्यले बोर्डले फोटो प्रदर्शनी मार्फत समेट्ने भएको ह