रुपन्देहीमा जनमतद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

किसानका माग सम्बोधन गर्न  सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गर्दै विरोध गरेको छ । रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने नगरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ ।पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको म

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालको पुत्ला दहन

महागढीमाई नगरपालिकाको बरियारपुरमा शुक्रबार प्रधानमन्त्रीको प्रचण्डको पुत्ला दहन गरिएको छ।

जनकपुरमा राष्ट्रपतिको पुत्ला दहन

जनकपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा मधेश केन्द्रित दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । दलहरुले राष्ट्रपति भण्डारीको मधेशका राजधानी जनकपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नगरमा विरोध जुलुस […]

जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो  । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन

विद्यार्थीद्वारा राष्ट्रपतिको पुत्ला दहन (फोटो फिचर)

काठमाडौँ – नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेपछि प्रहरीले रोक्न खोजेपछि विद्यार्थीले ढुंगा हानेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन्।   न्युजकारखानाबाट

बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन

बुटवल । नेपाल मगर युवा सङ्घको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो । बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको […]

एमसीसीको विरोधमा गृहमन्त्रीको पुत्ला दहन

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ। काठमाडौँको नयाँ बानेश्वरबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बबरमहलतर्फ लागेका थिए। सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए।

त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

नोबेल मेडिकल कलेजका सञ्चालकको पुत्ला दहन

विराटनगर। नोबेल मेडिकल कलेजका विद्यार्थीले सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । विद्यार्थीले एमबिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताएका […]

प्रदेश २ का मुख्यमन्त्री राउतको पुत्ला दहन

जनकपुरधाम : राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ।प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको आज जनपुरधामस्थित जनक चोकमा पुत्ला दहन गरेको हो।अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हो। पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो।अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बता

माधव नेपालको पुत्ला दहन

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उनकै पार्टीका कार्यकर्ताले पुत्ला दहन गरेका छन् । सोमवार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा केपी ओली निकट राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।   प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भएको बताए ।