जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो  । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन

सम्बन्धित सामग्री

राष्ट्रपतिको कदमविरुद्ध मधेसमा प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै मधेस केन्द्रित दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्।  मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी, तराई मधेस पार्टी(तमलोपा)सहितका राष्ट्रपति...

जनमत पार्टीले रुपन्देहीमा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलायो

बुटवल । पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। प्रहरीले पुत्ला दलन कार्यक्रममा हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने गरेको छैन […]