महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं। सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ। निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले बिहीबार बाजुराका खातीलाई नियुक्त गरेकी हुन्। कांग्रेस सम्बद्ध अधिवक्ता खाती नेपाल बार एसोसिएसनका पूर्व महासचिव पनि हुन्।खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष …

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श

गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो।...

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खम्मबहादुर खाती (भिडियोसहित)

काठमाडौं, ५ साउन । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिदै उनले आफू सधै जनताको हितमा कार्य गर्न तयार भएको बताएका हुन् । ‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने […]

महान्यायाधिवक्तामा खम्मबहादुर खाती

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक सम्माननीय राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाकोे प्रतिकूल हुने गरी गराउने शपथ ग्रहणकोे कार्य नमिलेको बताउनु भएको छ ।पदभार ग्रहणपछिको कुराकानीमा महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताए । “शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो,” उनले भने । नेपाल सरकारकोे कानुनी सल्लाहकारका […]

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं, ३१ असार । महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका हुन् । खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव अधिवक्ता हुन् । यसअघि केपी शर्मा ओलीको सरकारको पालामा महान्यायाधिवक्ता रमेश बडाल थिए । प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई रोजेका हुन् । नवनियुक्त महान्यायाधिवक्तामा खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाण्डाै - महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।उहाँ नेपाल बार एसाेसिएशनका पूर्व महासचिव समेत हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । अस्ति मङ्गलवार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त हुनुभएको हो ।

महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त

काठमाडौं : अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिवक्ताको पदमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा निवासी खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खातीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिबाट देउवा सरकारको महान्यायाधिवक्ता पदमा खम्मबहादुर खाती नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिवक्ता नियुक्त भएका छन् । बिहीवार राष्ट्रपति भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्मबहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्...