कृषि, वन र खनिजमा आधारित उद्योग खुल्नुपर्छ : राष्ट्रपति

विराटनगर। वैदेशिक रोजगारीका कारण गाउँघर नै रित्तिने अवस्था आएकाले अब बाहिर जाने जनशक्तिलाई यहीँ रोक्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । यसका लागि स्वदेशमै रोजगारी सृजना हुनुपर्ने भएकाले कृषि, वन र खनिजमा आधारित उद्योग खुल्नुपर्ने उहाँले बताउनुभयो । विराटनगरमा नेपाल उद्योग परिसंघ, कोशी प्रदेश समितिले आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा जनशक्ति विदेशिने क्रम बढेको बताउनुभयो । ‘यो स्थिति रोक्न कृषि, वन र खनिजमा आधारित उद्योगको व्यापक विस्तार गर्नुपर्छ,’ उहाँले भन्नुभयो । कोभिड–१९ पछि शिथिल भएको अर्थतन्त्रको पुनरुत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव परेको राष्ट्रपति पौडेलले बताउनुभयो । नेपालमा कृषि क्षेत्रको रूपान्तरण तथा उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरीबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने अवस्था नरहेकाले निजीक्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र सम्भव हुने उहाँले बताउनुभयो । यसका लागि सार्वजनिक–निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित सामग्री

जनशक्ति पलायन रोक्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गरेर जनशक्ति पलायन रोक्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले कृषि, वन र खनिजमा आधारित उद्योग विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका हुन् ।

देशलाई काठमा आत्मनिर्भर बनाइने

काठमाडौं– सरकारले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताए ।  उनले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदाव...

देशलाई काठमा आत्मनिर्भर बनाइने

काठमाडौं– सरकारले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताए ।  उनले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदाव...

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने

काठमाडौं । सरकारले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताउनुभएको हो । उहाँले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदावारको आयातलाई निरुत्साहित गरिने निति रहेको स्पष्ट […]

देशलाई काठमा आत्मनिर्भर बनाइने

काठमाण्डौ – सरकारले देशलाई काठमा आत्मनिर्भर बनाउने बताएको छ ।  शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताउनुभएको हो । उहाँले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदावारको आयातलाई निरुत्साहित गरिने नीति रहेको स्पष्ट पार्नुभयो। ढलापडा रुखहरु आवश्यक प्रक्रिया पूरा गरी आउँदा दिनमा बिक्री वितरण गरिने र सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादन प्रवर्द्धन गर्न ...

रिक्त मन्त्रालयको जिम्मा प्रधानमन्त्री र चार मन्त्रीलाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चले पदमुक्त गरेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको जिम्मा प्रधानमन्त्रीसहित चार मन्त्रीलाई बाँडफाँड गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई गृह, उद्योग, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा त

फोटोमा हेर्नुस् तीन मन्त्रीको शपथ ग्रहण :: Pahilopost.com

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।  शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको

थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद बन्यो इतिहासकै जम्बो

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।