राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी, यस्तो छ आवश्यक योग्यता र आवेदन दिने तारिका

राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति गर्ने गरि एक साथ ८ सय बढी कर्मचारी माग गरेको छ। बैंकले ९ औ तहको बरिष्ठ प्रबन्धकदेखि चौथो तहको सहायकसम्मको लागि कर्मचारी माग गरेको हो ।बैंकले इच्छुक तथा योग्य कर्मचारीलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर सहित मङ्सिर १२ गतेसम्म अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको छ ।हेर्नुस थप विवरण : सेवाको किसिम :- स्थायी। आवश्यक न्यूनतम शैक्षिक योग्यता वरिष्ठ प्रवन्धक पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ८ वर्षको अनुभव भएको । प्रवन्धक पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ६ वर्षको अनुभव भएको । उप-प्रवन्धक पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ५ वर्षको अनुभव भएको । उपप्रबन्धक (लेखा) : मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको । सहायक प्रबन्धक तथा सहायक प्रबन्धक (नगद) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर उपाधि हासिल गरेको। सहायक प्रबन्धक (कानुन) : मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन संकायतर्फ स्नातकोत्तर उपाधि हासिल गरेको । सहायक प्रबन्धक (सूचना प्रविधि) : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्यूटर वा कम्प्यूटर साइन्स वा कम्युनिकेशन वा सूचना प्रविधि विषयमा स् नातकोत्तर स्तरको उपाधि हासिल गरेको । वरिष्ठ सहायक तथा वरिष्ठ सहायक (नगद) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, जनप्रशासन वा मानविकी तर्फ अर्थशास्त्र मूल विषय लिई स्नातक उपाधि हासिल गरेको । वरिष्ठ सहायक (सूचना प्रविधि) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्यूटर वा कम्प्यूटर साइन्स वा कम्युनिकेशन वा सूचना प्रविधि विषयमा स्नातक उपाधि हासिल गरेको । वरिष्ठ सहायक (कानून) पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून संकाय तर्फ स्नातक उपाधि हासिल गरेको । सहायक तथा सहायक (नगद) पदका लागि : दश जोड दुई वा सो सरहको योग्यता हासिल गरेको ।दरखास्तको आधार :- समावेशी समूहको लागि छुट्याइएको पदमा online दरखास्त दिने उम्मेदवारले देहायको आधारमा दरखास्त दिनु पर्नेछ।। आदिवासी/जनजातीका हकमा नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सो ऐनको सूचीको आधारमा, तर नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थरहरू भएमा सम्बन्धित स थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ अनिवार्य रूपमा Scan गरी Attach गर्नु पर्नेछ। मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ अनिवार्य रूपमा Scan गरी Attach गर्नु पर्नेछ। दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एक भन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ अनिवार्य रूपमा Scan गरी Attach गर्नु पर्नेछ। अपाङ्गको हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाज कल्याण परिषदबाट अपाङ्गता प्रमाणित गरेको प्रमाणपत्र दरखास्त साथ अनिवार्य रूपमा Scan गरी Attach गर्नु पर्नेछ। पिछडिएको क्षेत्रको हकमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउं पालिका वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको प्रमाणपत्र दरखास्त साथ अनिवार्य रूपमा Scan गरी Attach गर्नु पर्नेछ । तलव तथा अन्य सुविधा :- बैंकको प्रचलित नियम अनुसार। उम्मेदवारको उमेर :- Online दरखास्त दिने अन्तिम मिति (अर्थात २०७८।०८।०५ गते) सम्ममा तह ७, ८ र ९ का लागि २१ बर्ष पूरा भई ४० बर्ष ननाघेको।  तह ६ का लागि २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेको।  सहायक स्तर तह ५ र ४ का लागि १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको । तह  ४, ५ र ६ मा महिला तथा अपाङ्गता भएका व्यक्तिका हकमा ४० वर्ष सम्म उम्मेदवार हुन सक्नेछ । बैकमा कार्यरत स्थायी कर्मचारीलाई उपरोक्तानुसारको उमेरको हद लाग्ने छैन ।उम्मेदवारको छनौट विधि :- तह ५, ६, ७ र ८ का लागि लिखित तथा अन्तर्वार्ता, तह ९ का लागि लिखित, प्रस्तुतीकरण तथा अन्तर्वार्ता । तह ४ का लागि प्रथम चरणमा पूर्वयोग्यता परीक्षा लिइनेछ र सो परीक्षा उत्तीर्ण हुने उम्मेदवारमात्र द्वितीय चरणको लिखत परीक्षामा र द्वितीय चरणको लिखत परीक्षामा उत्तीर्ण हुने उम्मेदवारमात्र तृतीय चरणको अन्तर्वार्तामा सहभागी हुन पाउने छन । पूर्वयोग्यता परीक्षाको अंक जोडीने छैन । अन्य सेवा शर्त :- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कर्मचारी सेवा विनियमावली, २०७० छैठौं संशोधन) बमोजिम । परीक्षणकाल अवधि :- महिला कर्मचारीलाई ६ महिना र पुरुष कर्मचारीलाई १ वर्ष ।। पदस्थापन :- उपरोक्त विज्ञापन अनुसार तह ६ सहायक प्रवन्धक (कानुन), तह ७, ८ र ९ मा नियुक्त हुने कर्मचारीहरूलाई केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरूमा काम गर्ने गरी पदस्थापन गरिनेछ । तह ६ को सहायक प्रवन्धक, सहायक प्रवन्धक नगद), सहायक प्रवन्धक सूचना प्रविधि) पदमा नियुक्त हुने कर्मचारीहरूलाई सम्बन्धित प्रदेश र सो अन्तर्गतका शाखा कार्यालयहरूमा बागमती प्रदेशको हकमा उपत्यका बाहिर) कम्तीमा ५ वर्ष तथा तह ४ र ५ मा नियुक्त हुने कर्मचारीहरूलाई सम्बन्धित प्रदेश र सो अन्तर्गतका शाखा कार्यालयहरू (बागमती प्रदेशको हकमा उपत्यका बाहिर) मा कम्तीमा ७ वर्ष कामकाज गर्ने गरी पदस्थापन गरिनेछ । Online दरखास्त फाराम भर्न राष्ट्रिय वाणिज्य बैंकको website https:/recruitment.rbb.com.np मा गई त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ । परीक्षा दस्तुर:- (क) तह ६,७,८ र ९ को खुला समूहका लागि रु. ७००।- सात सय) र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रु.२००।- ( दुई सय) । कुनै एक समावेशी समूहकालागि मात्र भरेमा रु. ७००।- (सात सय) तथा एक भन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रु.२००।- (दुई सय)। तह ४ र ५ को खुला समूहका लागि रु. ५००।- (पांच सय) र प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप रु.१००।- (एक सय) । (कुनै एक समावेशी समूहकालागि मात्र भरेमा रु.५००।- (पांच सय) तथा एक भन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप रु.१००।-(एक सय)। Online दरखास्त फाराम भर्ने मिति :- Online दरखास्त फाराम शुरु हुने मिति २०७४।०७१५ गतेले २१ दिन (अर्थात मिति २०७४।०८।०५गते) भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन (अर्थात मिति २०७४।०८।१२ गते) सम्म । परीक्षा दस्तुर बुझाउने प्रक्रिया :- Online Application Portal मा भर्नु पर्ने व्यक्तिगत विवरण, पारिवारिक विवरण, आवेदन समूह, शैक्षिक विवरण तथा आवश्यक भएमा अनुभव र तालिमको विवरण भरे पश्चात शुल्क भुक्तानी Tab मा गई उपलब्ध माध्यम RBB Mobile Banking वा e-Sewa वा Khalti वा NamastePay वा तोकिएको अन्य) मध्ये आफुले बुझाउन चाहेको माध्यममा Click गरी दस्तुर बुझाउनु पर्नेछ । यसरी परीक्षा दस तुर बुझाउंदा एक भन्दा बढी विज्ञापनमा दरखास्त फाराम भर्ने उम्मेदवारले हरेक विज्ञापनका लागि छुट्टा छुट्टै दस्तुर बुझाउनु पर्नेछ । Online दरखास्त फाराम Submit गरे पश्चात 'Form has been Submited', परीक्षा दस्तुर भुक्तानी भए पश्चात 'Payment Successfully Received', भरिएको फर्म स्वीकृत भए पछि '....has been Approved', भरिएको फाराम चेकिङ्ग गर्दा केहि विवरण भर्न छुट भएको वा कागजात Upload गर्न छुट भएको देखिएमा '. has been Rejected' गरिनेछ । यसरी Reject भएको फाराममा छुट विवरण भर्न तथा Upload गर्न छुट भएको कागजात Upload गर्न सकिनेछ । फाराम अस्वीकृत भएमा '....has been Cancelled' भन्ने SMS फाराम भर्दा दिईएको मोवाइल नम्बर मार्फत प्राप्त हुनेछ । सो अनुरूपको SMS प्राप्त भए नभएको सम्बन्धमा सम्बन्धित दरखास्तवालाले एकिन गर्नु पर्नेछ। लिखित परीक्षा सञ्चालन हुने स्थान :- अधिकृत स्तर तह ६, ७, ८ र ९) का पदहरूका लागि लोक सेवा आयोगले तोके बमोजिम काठमाण्डौमा तथा सहायक स्तर (तह ४ र ५) का पदहरूमा लोक सेवा आयोगका सम्बन्धित कार्यालयबाट तोके बमोजिमका सम्बन्धित प्रदेशका स्थानहरूमा।। परीक्षा सञ्चालन हुने मिति र परीक्षा केन्द्र :- सूचना प्रकाशित गरी जानकारी गराइनेछ । एउटा पदको लिखित परीक्षा एकै दिन र एकै समयमा हुनेछ । एउटै पदका एक भन्दा बढी विज्ञापनहरूहरूमा दरखास्त फाराम भर्ने उम्मेदवारहरूले कुनै एउटा विज्ञापनको लिखित परीक्षामा मात्र सहभागी हुन सक्नेछन् । लिखित परीक्षाको पाठ्यक्रम राष्ट्रिय वाणिज्य बैंकको Website: www.rbb.com.np को Notice भित्र Career Notice मा राखिएको छ। उपरोक्त पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ । माथि उल्लेखित विज्ञापनहरूमा काम गर्न इच्छुक नेपाली नागरिकहरूले Online दरखास्त फाराम भर्न सक्नेछन् । शैक्षिक योग्यता, समावेशीको प्रमाणपत्र, अनुभव, सेवा अवधि सम्बन्धी तथा अन्य प्रमाणपत्रहरूका सम्बन्धमा दरखास्त बुझाउने अन्तिम मिति (२०७८।०८।०५) सम्म जारी भएकोलाई मात्र मान्यता दिइनेछ । आवेदन स्वीकृत, अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार बैंकलाई हुनेछ । Online दरखास्त फाराम भर्दा अस्पष्ट भएमा यस विभागको टेलिफोन नं. ०१४२५२५९५ एक्सटेन्सन नं. : ३५४९ र ३५४८ मा सम्पर्क गरी बुझ्न सकिनेछ।

सम्बन्धित सामग्री

कर्मचारी व्यवस्थापनमा आवश्यक छलफल गछौैंः सामान्य प्रशासन मन्त्री जोसी

बैतडी । नेपाल सरकारका सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघ सरकारले स्थानीय तहमा खटाईउने कर्मचारीका बिषयमा विशेष छलफल गर्ने बताएकाछन् । बैतडीको खोड्पे स्थीत सरोकारवाला संगको संक्षिप्त अन्तरक्रियामा उहाँले कर्मचारी व्यवस्थापनमा चासो उचित निर्णय गर्ने बताए । गृहजिल्ला बझाङबाट काठमाण्डौ जान लागेका मन्त्री जोशी र नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्डे लगायतका नेता […] The post कर्मचारी व्यवस्थापनमा आवश्यक छलफल गछौैंः सामान्य प्रशासन मन्त्री जोसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिला कर्मचारीलाई अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्विका लागि योजनाबद्धरुपमा अघि बढ्न सुझाव दिएका छन् । आज काठमाडौँ आयोजित नेपाल निजामति कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले कुनै पनि क्षेत्रमा सफल हुन क्षमता वृद्धि आवश्यक रहेको बताए । उनले भने “अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि […]

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको पनि उनले बताए । मौद्रिक […]

‘मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक’

काठमाडौं– सेती प्रादेशिक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुशल समन्वयले मात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए । ‘राजनीति र कर्मचारीबीच […]

कर्मचारी अभावका कारण नागरिकता एवं राहदानी वितरण स्थगित

कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको  नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ ।प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा आजदेखि आगामी मङ्सिर ४ गतेसम्म बन्द भएको जना

सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए। “पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन”,उनले भने, “प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा […]

कर्मचारी बीचको विभेद अन्त्य हुनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारी, कर्मचारी बीचको विभेदलाई हटाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारी बीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताएका हुन् । अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूका तर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नो तर्फबाट त्यसबारे आवश्यक पहल भइस

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउँदै जति धेरै […]

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताए। उनले दलको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै […]