कर्मचारी बीचको विभेद अन्त्य हुनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारी, कर्मचारी बीचको विभेदलाई हटाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारी बीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताएका हुन् । अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूका तर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नो तर्फबाट त्यसबारे आवश्यक पहल भइस