बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुला

काठमाडौं । बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गरिने भएको छ । धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई लक्षित गरी सवारी अनुमतिपत्र परीक्षाको आवेदन आइतबारदेखि लिन थालिएको बाग्लुङ यातायात कार्यालयले जनाएको छ । यी जिल्लाका सेवाग्राहीहरु अहिलेसम्म सवारी अनुमतिपत्रका लागि पोखरा जानुपर्ने बाध्यता रहेको छ । नयाँ मापदण्ड अनुसारको […]

सम्बन्धित सामग्री

मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

सरकारले आगामी मंसिर १ देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ।

१ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

१८ कात्तिक, काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा […]

सवारी लाइसेन्सको वर्ग थप गर्न खुल्यो आवेदन

३० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो । https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो । अब […]

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

काठमाण्डाै - सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेक...

लाइसेन्सका लागि नयाँ आवेदन बन्द हुने

काठमाण्डाै – भाेलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले आज साेमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइस...

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ। विभागले सोमबार जारी गरेको सूचना अनुसार सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द रहने छ। […]

खुलेको चार दिनमा नै किन बन्द गरियो सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन ?

काठमाडौंः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै प्रणाली बन्द गरेको जनाएको छ। मर्मतका लागि भन्दै बिहीबारदेखि अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो। विभागले नयाँ लाइसेन्सको आवेदन सोमवार साँझ…

२ दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ–  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ। विभागका अनुसार मर्मत कार्य भइरहेको र यसको मर्मत पूरा भएपछि सूचारु हुने पनि विभागले जानकारी दिएको छ। नयाँ सवारी चालक […]

सवारीचालक अनुमतिपत्रको आवेदन खुला

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ ।विभागले कोरोनाको दोश्रो महामारीका कारण गत १६ वैशाखदेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन सोमबारदेखि खोलेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।उनले भने, “रोकिएको आवेदन सोमबारबाट खुल्ला गरेका छौं, योसँगै नयाँ लाइसेन्स लिन चाहनेले अनलाइन आवेदन दिन सक्ने छन् ।” उनका अनुसार […]

६ महिनादेखि रोकिएको लाइसेन्सको आवेदन खुल्दै

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले कोभिड-१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो।नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए।‘एक साताभित्र नयाँ आवेदन खुल्छ, त्यसपछि भर्न सकिनेछ’‚ उनले भने। विभागले सवारी चालक अनुमतिपत्र