काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ। विभागले सोमबार जारी गरेको सूचना अनुसार सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द रहने छ। […]