शिवम् सिमेन्टको शेयर मूल्य एक महिनामै सय रुपैयाँ घट्यो, नाफा घटेपछि शेयर निरन्तर ओरालो

काठमाडौं। शिवम् सिमेन्टको नाफा घटेपछि शेयर मूल्य लगातार घटेको छ। एक महिनामा दोस्रो बजारको कारोबारमा कम्पनीका शेयर धनीले प्रति

सम्बन्धित सामग्री

असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार

काठमाडौं । असारमा शिवम् सिमेन्टको सर्वाधिक रकमको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार असारमा शिवम् सिमेन्टको ४ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।  असारमा ८० अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यस आधारमा असारको कुल कारोबारमा शिवम् सिमेन्टको हिस्सा करीब ६ प्रतिशत छ । असारमा सर्वाधिक रकमको कारोबार हुने कम्पनीहरूमा शिवम् सिमेन्टसँगै दोस्रोमा सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नागरिक लगानीकोष, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स छन् ।  सोल्टी होटलको असारमा मात्र ३ अर्ब ६६ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी, हिमालयन डिष्टिलरीको २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी, नागरिक लगानीकोषको १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी, नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी, नेपाल दुरसञ्चार कम्पनीको १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी र एशियन लाइफ इन्स्योरेन्सको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।  सर्वाधिक रकमको कारोबार भएको शिवम् सिमेन्टको शेयर मूल्य जेठ मसान्तसम्मको तुलनामा प्रतिकित्ता ११२ रुपैयाँ ९० पैसाले बढेको छ । जेठ मसान्तसम्म ५३८ रुपैयाँ ६० पैसा रहेको शिवम् सिमेन्टको शेयर मूल्य असार मसान्तसम्म भने ६५१ रुपैयाँ ५० पैसा कायम भएको थियो । पछिल्लो कारोबार दिन भने शिवम् सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा कायम छ । कुन कम्पनीको कारोबार कति ?

६६ दिनयताकै न्यून विन्दुमा नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं । मंगलवार नेप्से परिसूचक ५ दशमलव २० अंक घटेर परिसूचक १ हजार ८६६ दशमलव ८८ विन्दुमा झरेको छ । उक्त विन्दु ६६ दिनयताको नै न्यून हो । मंगलवार कारोबारमा आएका २६४ धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर २३ हजार १७० पटकमा रू. ९१ करोड ७६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा ११६ को भने घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य रू. २५७ दशमलव ८० पुगेको छ । यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको मूल्य ८ दशमलव ९३ प्रतिशत बढेर रू. ८ दशमलव शून्य ५ कायम भएको छ । यस दिन '८.५ % प्रभु बैंक डिबेन्चर २०८७' नामक ऋणपत्रको मूल्य १० प्रतिशत घटेको छ । ऋणपत्र मूल्य प्रतिकित्ता रू. ७३८ मा झरेको छ । यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य ८ दशमलव शून्य ३ प्रतिशत घटेर रू. ५७३ दशमलव ९० कायम भएको छ । आज सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको रू. ३ करोड ३६ लाख बराबर भएको छ । कम्पनीको शेयर मूल्य रू. ४१० कायम भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ३ करोड २८ लाख बराबरको भएको छ । मंगलवार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढ्दा बाँकी ६ समूहको परिसूचक भने घटेको छ । मंगलवार निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १.३९ प्रतिशतले घटेको छ ।

आज पनि घट्यो नेप्से सूचक: सीआईटी र शिवम् सिमेन्टको कारोबार उच्च

आज बुधबार शेयरबजार परिसूचक नेप्से अंकले घटेको छ । आज सूचक ५.११ अंकले घटेर २०५७.६८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २१८ कम्पनीका ६६ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ९३ करोड ५५ लाख २० हजार १ सय ४६ रुपैयाँ ५२ पैसाको कारोबार भएको छ। जस मध्ये नागरिक लगानी कोषको १० करोड ६८ लाख, शिवम सिमेन्टको ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, तथा नबिल बैंकको ६ करोड ४६ लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन र लगानी बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक १.४९ प्रतिशतले घटेको छ ।  आज हिमालयन हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने युनिलिभरको शेयरमूल्य ४.३० प्रतिशतले बढेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको शेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।   आज कारोबारमा आएका मध्ये ११९ कम्पनीको शेयर मूल्य घटेको छ भने ५६ कम्पनीको मूल्य बढेको छ ।

शेयर बजारमा ४५ अंकको गिरावट, सीआईटी र शिवम् सिमेन्टको कारोबार उच्च

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज सूचक ४५.४२ अंकले घटेर २०६०.७३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ। जस मध्ये नागरिक लगानी कोषको १५ करोड १० लाख, शिवम सिमेन्टको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, तथा नबिल बैंकको १० करोड ४२ लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुगता सूचक घटेका छन् । जस मध्ये अन्य समुह ४.८४ प्रतिशत, फाइनान्स समुह ३.३७ प्रतिशत, विकास बैंक समुह ३.२८ प्रतिशत , ट्रेडिङ समुह ३.१८ प्रतिशत तथा हाइड्रो समुह ३.०६ प्रतिशतले घटेका छन् । आज हिमालयन हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य ६.३६ प्रतिशतले बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.२७ प्रतिशतले घटेको छ । घलेम्दी हाइड्रोको शेयर मूल्य ६.६८ प्रतिशत, पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ६.४९ प्रतिशत, न्यादी हाइड्रोको शेयर मूल्य ६.४० प्रतिशत, तथा मध्य भोटेकोशीको शेयर मूल्य ६.३१ प्रतिशतले घटेको छ ।

२ दिनको वृद्धिपछि ४४.८० अंकले घट्यो नेप्से सूचक: शिवम् सिमेन्टको कारोबार उच्च

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ७० करोड ४९ लाक्ज ९८ हजार ३ सय ९८ रुपैयाँ २४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोको १० करोड २४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख तथा राधि विद्युत कम्पनीको ८ करोड ३५ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ६.७२ प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेड मोदी हाइड्रोको शेयर मुल्य ६.१९ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्बाधिक ६.८२ प्रतिशतले, रिभर फल्स पावरको शेयर मूल्य ५.९९ प्रतिशत, सबैको लघुवित्तको शेयर मूल्य ५.२३ प्रतिशत, तथा पोखरा फाइनान्सको शेयर मूल्य ५.१० प्रतिशत घटेको छ।मौद्रिक नीति सार्वजनिक भएको २ दिन नेप्से सूचक् बढेपनि आज तेस्रो दिनमा  बजारमा गिरावट आएको हो । मौद्रिक नीति शुक्रबार आएकोमा  आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो ।  त्यस्तै सोमबार सूचक  ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको थियो । आज मंगलबार भने सूचक  ४४.८० अंकले घटेको हो ।

नेप्सेमा सामान्य गिरावट: शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको कारोबार उच्च

बिहिबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । आज नेप्से सूचक ५.८७ अंकले घटेर २०४४.७२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२५ कम्पनीका ३९ लाख ८ हजार ३ सय ९५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८६ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोड ८० लाखको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ११ करोड २२ लाख कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ६ करोड २ लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिसतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य २.७४ प्रतिशतले बढेको छ ।आज आईसीएफसी फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ६.७१ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ५.३५ प्रतिशतले तथा साधना लघुवित्तको शेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका मध्ये अन्य र बैंकिंग बाहेकका सबै समुहगत सूचक घटेका छन् । ट्रेडिङ समुहको सूचक सर्बाधिक १.५८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स समुहको सूचक १.५२ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समुहको सूचक १.०७ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका मध्ये १२६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको छ ।