२ दिनको वृद्धिपछि ४४.८० अंकले घट्यो नेप्से सूचक: शिवम् सिमेन्टको कारोबार उच्च

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२२ कम्पनीका ८७ लाख ४० हजार ५ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ७० करोड ४९ लाक्ज ९८ हजार ३ सय ९८ रुपैयाँ २४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोको १० करोड २४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख तथा राधि विद्युत कम्पनीको ८ करोड ३५ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य ६.७२ प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेड मोदी हाइड्रोको शेयर मुल्य ६.१९ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको शेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ । आज गणपति लघुवित्तको शेयर मूल्य सर्बाधिक ६.८२ प्रतिशतले, रिभर फल्स पावरको शेयर मूल्य ५.९९ प्रतिशत, सबैको लघुवित्तको शेयर मूल्य ५.२३ प्रतिशत, तथा पोखरा फाइनान्सको शेयर मूल्य ५.१० प्रतिशत घटेको छ।मौद्रिक नीति सार्वजनिक भएको २ दिन नेप्से सूचक् बढेपनि आज तेस्रो दिनमा  बजारमा गिरावट आएको हो । मौद्रिक नीति शुक्रबार आएकोमा  आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो ।  त्यस्तै सोमबार सूचक  ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको थियो । आज मंगलबार भने सूचक  ४४.८० अंकले घटेको हो । 

सम्बन्धित सामग्री

आज पनि घट्यो नेप्से सूचक: सीआईटी र शिवम् सिमेन्टको कारोबार उच्च

आज बुधबार शेयरबजार परिसूचक नेप्से अंकले घटेको छ । आज सूचक ५.११ अंकले घटेर २०५७.६८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २१८ कम्पनीका ६६ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ९३ करोड ५५ लाख २० हजार १ सय ४६ रुपैयाँ ५२ पैसाको कारोबार भएको छ। जस मध्ये नागरिक लगानी कोषको १० करोड ६८ लाख, शिवम सिमेन्टको ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, तथा नबिल बैंकको ६ करोड ४६ लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन र लगानी बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक १.४९ प्रतिशतले घटेको छ ।  आज हिमालयन हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने युनिलिभरको शेयरमूल्य ४.३० प्रतिशतले बढेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको शेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।   आज कारोबारमा आएका मध्ये ११९ कम्पनीको शेयर मूल्य घटेको छ भने ५६ कम्पनीको मूल्य बढेको छ ।

४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ।आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  ।