एक करोड ८० लाखको लगानीमा म्याग्दीमा सामुहिक बाख्रापालन शुरु

पुस १०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रापालन शुरु गरिएको छ । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) को अगुवाईमा तीन जनाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेका हुन् । खड्का, उनका भाई प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रुपमा ‘ब्रोदर्स कृषि तथा पशुपंक्षी फार्म’ स्थापना गरी बोयर जातका बाख्रापालन गरेका हुन् ।  सामूहिक रुपमा बाख्रापालन थालेका भगवान सामाजिक कार्यहरुसँगै कृषि पेशामा संलग्न छन् भने प्रेम वैदेशिक रोजगारबाट फर्केका र थापा भारतीय सेनाबाट अवकास लिएर फर्केपछि पशुपालनमा लागेका हुन् । रू. ३० लाखमा उन्नत जातका माउ बोयर बाख्राहरु खरीद गरि शुरु गरिएको फार्ममा खोर, जग्गा घेराबार, स्याहार गर्नका लागि बसोबासका लागि बनाइएको आवास लगायतको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताए । उनका अनुसार बाख्रापालनकै लागि करीब १५ रोपनी जग्गालाई रू. ४५ लाख बढी लगानीमा खरीद गरिएको थियो । ‘जग्गा, बाख्रा, खोर लगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भइसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुको लागि बोका उत्पादनको केन्द्र बनाउने गरी बाख्रापालनलाई अघि बढाएका छौँ’ खड्काले भने । दुई वर्ष अघिदेखि नै बाख्रापालनलाई लक्षित गरी १५ रोपनी जग्गामा घाँस खेती गरिएको थियो भने अहिले ४५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ । जाडो र गर्मी दुवै मौसमलाई अनुकुल हुने गरी खोरको पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताए । ‘जाडोमा न्यानो र गर्मीमा सितल हुने गरी खोरका पूर्वाधार बनाएका छौँ, युटुबमा विश्वभरका नमूना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुसरण गरि आफै खोरको पूर्वाधार बनाएका हौँ’ उनले भने । पाठापाठी सहित अहिले ८७ ओटा बाख्राहरु रहेको फार्ममा २०० को संख्यामा बाख्रा पालन गर्न सक्ने क्षमता बनाइएको छ । बाख्राको पाठापाठीलाई दूध खुवाउने प्रयोजनका लागि दुई ओटा भैँसी र एक गाई समेत पालन गरिएको छ । ५० ओटा माउ बाख्रा रहेको फार्ममा ३५ ओटाले पाठापाठी जन्माइसकेका छन् ।  बाख्रापालनलाई लक्षित गरि जैघाँस, खन्यु, काफल, सुपर नेपियर लगायतका घाँस खेती विस्तारलाई समेत प्राथमिकता दिईएको छ । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरि ७ जनाले दैनिक रुपमा रोजगार समेत पाएको फार्मका अर्का सञ्चालक राजेन्द्र थापाले जानकारी दिए ।  फार्मबाट यसवर्ष ३० ओटा बोयर क्रस गरी उत्पादन भएका उन्नत जातका पाठी विक्री गर्ने लक्ष्य राखिएको बताइएको छ ।

सम्बन्धित सामग्री

एक करोड व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण

प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् ।  उनले...

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

कुम्डी गाउँमा १६ करोड लगानीमा स्याउ बगैंचा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ ।...

रुपन्देहीमा ५७ करोड लगानीमा होटल सञ्चालन

१५ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ । आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट […]

५० करोड लगानीमा बुटिक होटेल

रूपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रूपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका हुन् । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।होटेलमा ४ […]

१७ करोड लगानीमा दाना उद्योग

कोरोना महामारीले उद्योग, व्यवसाय धराशयी भइरहेको बेला धरानमा १७ करोड लगानीमा पशुपक्षीको दाना उत्पादन गर्ने उद्योग खुलेको छ।...

२८ करोड लगानीमा धनुषाधाममा जैविक मल उद्योग खुल्ने

धनुषाको धनुषाधाममा २८ करोड लगानीमा जैविक मल उद्योग सञ्चालन हुने भएको छ । आरोह फर्टिलाइजर प्रालिले धनुषाधाम नगरपालिकामा जैविक मल उद्योग स्थापना गर्न लागेको छ ।  आगामी वैशाखसम्म उत्पादन गर्ने लक्ष्यका...

बुद्धभुमीले आफ्नै लगानीमा बनायो ३ करोड बढी लागतको पुल

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ।

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...

तीन करोड लगानीमा वेङक्वेट सञ्चालन

कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित भुडामा तीन करोड रुपैयाँको लगानीमा वेङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर कञ्चन वेङक्वेट प्रा.लिले ७ कट्ठा क्षेत्रफलमा वेङक्वेट सञ्चालनमा आएको हो । तीन जनाको सामुहिक लगानी रहेको उक्त वेङक्वेट विशेष गरेर विवाह, पार्टी, ब्रतवन्धलगायतका कार्यहरुका लागि लगानी गरेर खोलिएको वेङक्वेटले जनाएको छ ।जिल्लामै सार्वाधिक ठूलो लगानीको पार्टी प्यालेस […]