१५ ठाउँको परिणाम आउन बाँकी, विराटनगरमा संघीय समाजवादकीको टक्कर

स्थानीय तह निर्वाचन दोस्रो चरणको ३१९ तहको परिणाम सार्वजनिक भएको छ। अब १५ वटा नगर तथा गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ। परिणाम आउन बाँकी स्थानीय तहमध्ये अधिकांश एक नम्बर प्रदेशका नगरपालिका छन्।

सम्बन्धित सामग्री

विराटनगरमा आक्रोशित भीडले जलायो ट्रक

मोरङ : विराटनगरस्थिति बरगाछीमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ। उक्त दुर्घटनामा स्कुटरमा सवार एकजनाको ज्यान गएको छ। आक्रोशित भीडले ट्रकमा आगजनी गरेका छन्। थप विवरण आउन बाँकी छ।

विराटनगरमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं, ३० असार । विराटनगरमा आज भीषण आगलागी भएको छ । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट रेष्टुरेन्टमा पुर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा आएको छ । तर, आगलागिबाट कति क्षति भयो त्यसको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

अब १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउँन बाँकी  : निर्वाचन आयोग

जेठ १०,  काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ ओटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० ओटा गाउँपालिकाका र २७९ ओटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन  ओटा महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगञ्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् ।           काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले बताएको छ ।             काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का टिकाराम खड्का अगाडि छन् ।        नतिजा सार्वजनिक भएकामध्ये ३२२ ओटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।             यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ ओटा पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले बताएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।             कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।             कांग्रेस सबैभन्दा बढी २ हजार ६३२ वडामा विजयी भएको छ । एमाले २ हजार ११२, माओवादी १ हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ । रासस

विराटनगर महानगरपालिका : कतै विजय जुलुस कतै नतिजा पर्खाइ

विराटनगर : यतिबेला मुलुकै स्थानीय तह निर्वाचनको नतिजाको चटारोमा छ। देशैभर कति स्थानमा नतिजा आइसकेको छ भने कतिपय स्थानमा आउन बाँकी नै छ। यस्तै प्रदेश १ को राजधानी विराटनगर उद्योग तथा व्यवसायिक र राजनीतिक हिसाबले केन्द्रको रुपमा मानिन्छ।प्रजातान्त्रिक आन्दोलन र औद्योगिक क्रान्तिको नगरको रुपमा परिचित विराटनगरमा यतिबेला समग्र नगरवासी महानगरको नेतृत्वको नतिजाको पर्खाइमा छन्।१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा १५ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ भने बाँकी ४ वटा वडाको मतगणना जारी

विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट

मोरङ । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा  चार पसल पूर्णरूपमा नष्ट भएका छन् । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको  कार्यालयका फायरम्यान  चौधरीले जानकारी दिए । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ । रासस

मंगलवारदेखि प्रदेश १ मा डीएपी मल वितरण हुँदै

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश १ का १३७ स्थानीय तह र प्रदेश २ का सप्तरी र सिराहा जिल्लामा मंगलवारदेखि डीएपी मल वितरण गर्ने भएको छ । त्यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडका डिलरहरूलाई पत्राचार गरिँदै छ । मल लिन आउने पत्र प्राप्त भएपछि डिलरहरूले मल सम्बन्धित गाउँ पालिकासम्म पुर्‍याउनेछन् । डिलर नभएका स्थानमा स्थानीय किसान सहकारीमार्फत मल वितरण हुनेछ । दुई महीनादेखि विराटनगरमा रहेको कृषि सामग्रीको गोदाममा ७० हजार बोरा अर्थात् ३५०० टन मल स्टक थियो । यो टेन्डरमार्फत नेपाल सरकारले मगाएको मल हो । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले वितरणको आदेश आएकाले अहिले गोदाममा आएको ३५०० टन मल वितरणको प्रक्रिाय अघि बढाइएको बताए । अझै थप ३० हजार बोरा १५०० टन मल आउन बाँकी रहेको उनको भनाइ छ । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वितरणको अनुमति आएको र अहिले प्रदेशको कृषि मन्त्रालयले समेत वितरणका लागि सहजीकरण गरिदिएकाले वितरण प्रक्रिया अघि बढाइएको हो । पछिल्लो समय ठेकेदारको लापरबाहीले मल नआउँदा किसान मलविना नै बाली लगाउन बाध्य बनेका छन् । यस्तै सीमा क्षेत्रका किसानले भारतीय बजारमा पाउने कमसल मल प्रयोग गर्ने गरेका छन् । सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले मकै छर्नुअघि नै डीएपी मल हालेर जोतेपछि मकैका लागि पोषण पुग्ने र मकैमा घोगा बढी लाग्ने बताउँछन् । सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । अब सब ड्रेसिङका लागि डीएपी मल चाहिने बताउँछन् । गढी गाउँ पालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल वितरण शुरू भएकोमा खुशी छन् ।