विराटनगरमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं, ३० असार । विराटनगरमा आज भीषण आगलागी भएको छ । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट रेष्टुरेन्टमा पुर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा आएको छ । तर, आगलागिबाट कति क्षति भयो त्यसको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

जडिबुटीमा भीषण आगलागी

काठमाडौँ : काठमाडौँका जडिबुटीमा शुक्रबार साँझ भीषण आगलागी भएको छ। जडिबुटीको एउटा हाेटलमा आगलागी भएको प्रहरीले जनाएको छ।उपत्यकाका विभिन्न क्षेत्रबाट मगाइएको ४ दमकलको सहयोगमा स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले भर्खरै आगो निभाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।उनले ४ वटा दमकलको सहायतामा आयो नियन्त्रणमा ल्याएको बताए । क्षतिको विवरण भने आउन बाँकी छ।उनले विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको बताए। बेलुकी साढे ८ बजेको समयतिर आगलागी शुरु भएको थि

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भीषण आगलागी सुरु भएको छ । सोमबार साँझ बाक्सिला बजारमा आगलागी सुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए ।आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ । आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।-न्युज कारखाना

काठमाडौंको कपनमा भीषण आगलागी

काठमाडौं । कपन राम मन्दिरको छेउमा आगलागी भएको छ । केहीबेर पहिले राम मन्दिरको छेउमा आगलागी भएको हो । आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको मैनालीले बताए ।

बालाजु बाइसधारामा भीषण आगलागी

काठमाडौं, साउन २५ । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ । आगलागीको सुचनापछि ललितपुर र काठमाडौंको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । फोटोः रुटिन अफ नेपाल बन्द

सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी, क्षति विवरण आउन बाँकी

महोत्तरी । महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । बारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीको कारण पत्ता लागेको छैन । सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको […]

आगलागीबाट करोड बढीको  क्षति भएको प्रारम्भिक अनुमान

तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै

झापाको चाउचाउ उद्योगमा भीषण आगलागी

काठमाडौं : झापाको मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको छ। मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज बिहान पाँच बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको झापा प्रहरीले जनाएको छ। भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  वसन्त पाठकले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

भारतको एक मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु

भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदाा ९ जनाको मृत्यु भएको छ ।  भवनको १३ औं तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।  आगो अहिले नियन्त्रणमा आएको छ ।  घटना कलकताको स्ट्रेन्ड रोड नजिकै भएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।  West Bengal: Fire breaks out on the 13th floor of a multi- storey building at Strand road in Kolkata. 8 fire tenders reach the spot. More details awaited pic.twitter.com/DLzrmBZDkF — ANI (@ANI) March 8, 2021

ग्यास चुहिँदा भीषण आगलागी

वीरगन्ज महानगरपालिका–१८ भवानीपुरस्थित सुपर ग्यास उद्योगको प्लान्टमा बुधबार बिहान भीषण आगलागी हुँदा करोडौं रुपैयाँ क्षति भएको छ । आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ भने घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रका अग्नी नियन्त्रक यादवप्रसाद अधिकारी छन् भने एक जनाको सनाखत हुन सकेको छैन । घटनामा पुगेको क्षतिको पूरा विवरण भने अझै आउन बाँकी छ ।